हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

फेष्टिभलमा नेपालको पहिचान झल्काउन तीन सय युवा रसियातिर

काठमाडौँ, असोज २५ गते । रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन् ।

विश्वभरका युवाको जमघट हुने उक्त फेष्टिभलमा नेपालको संस्कृति, खेलकुद आदि प्रस्तुत गरी विश्व समुदायमा नेपालको पहिचान स्थापित गरिने बताइएको छ ।

विश्वका १५० देशका करिब २० हजार युवाको सहभागिता रहने र नेपालबाट सबैभन्दा बढी ३०० युवा सहभागी हुने नेपालस्थित रसियन राजदूतावासले जनाएको छ ।

रसियन राजदूतावासको सहयोगमा ती युवा विद्यार्थी तथा युवा नेता रसिया जान लागेका हुन् । दूतावासले निःशुल्क प्रवेशाज्ञा र कार्यक्रम अवधिभर बस्न खानको व्यवस्था गरे पनि सहभागाी युवाले त्यहाँसम्म जाने आउने हवाई भाडा भने आफैँले बेहोर्नेछन् ।

नेपालको तर्फबाट कार्यक्रमको व्यवस्थापन गरेका युवा व्यवसायी एवं विद्यार्थी नेता रमेश सिलवालकाअनुसार आज र भोलि सम्ममा सबै युवा रसिया पुगिसक्नेछन् । सिलवालको जिम्मामा मात्रै १५० युवालाई दूतावासले प्रवेशाज्ञा दिएको छ । कार्यक्रममा जाने युवामा विभिन्न राजनीतिक दल निकट भातृ संस्थाका युवा विद्यार्थी नेता, केही पत्रकार, अधिवक्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसमेत छन् ।

विश्वभरका युवा विद्यार्थीलाई एउटै थलोमा उतारेर युवाको विचार आदन प्रदानका साथै क्षमता अभिवृद्धिमा कार्यक्रमले सहयोग पुग्ने सिलवालले बताउनुभयो । त्यहाँ जम्मा हुने युवाले आ–आफ्नो देशको प्रस्तुति दिनेछन् ।

नेपालबाट धेरै युवालाई सहभागीता जनाउने अवसर दिनपाएकोमा दुतावासले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली युवाका लागि यस्तै कार्यक्रम आयोजना गरिने जनाएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का प्रचार विभाग सचिव समेत रहेका चितवनका २९ वर्षीय सिलवाय वेलायतमा चार्डर एकाउन्टेन्ड कोर्ष गरी तीन वर्षअघि नेपाल फर्किएर युवा सशक्तिकरण अभियानमा लागेका छन् ।

आमन्त्रण र निवेदनको आधारमा दूतावासले सहजै प्रवेशाज्ञा दिएको बताउने सिलवाल यो कार्यक्रमबाट १५० देशको अनुभव, संस्कार बुझ्नुका साथै नेतृत्व विकासका लागि उपयोगी हुने बताउनुहुन्छ । (रासस)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution