अमेरिका र उत्तर कोरियाको वाक युद्ध खतरनाक मोडमा, अमेरिकाले पठायाे बमबर्षक विमान

अमेरिका र उत्तर कोरियाको वाक युद्धले अब खतरनाक मोड लिने संकेत देखिएको छ। उत्तर कोरियालाई आफ्नो शक्ति देखाउन अमेरिकाले मध्यराति बमवर्षक विमान पठाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलाएको छलफल लगत्तै अमेरिकी सेनाको वमवर्षक विमानले उत्तर कोरियाको पेनिसुला क्षेत्र माथि उडान भरेको हो। ट्रम्पको आदेशपछि अमेरिकी सेनाले आफ्नो शक्ति देखाउन उत्तर कोरियामाथि बमवर्षक विमान पठाएको हो।
उत्तर कोरियाका नेता किम जोङले केही दिनपहिले जापानको माथि मिसाइल हानेका थिए। त्यो भन्दा केही दिनअघि पनि उनले परमाणु बम सहितका मिसाइल परिक्षण गरेपछि अमेरिकाले पनि आफ्नो शक्ति प्रदर्शन गरेको हो।
ट्रम्पको यो आक्रामक कदमले विश्वयुद्ध दोहोरीने संकेत देखिएको अधिकारीहरुको विश्लेषण रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
@एजेन्सी।