हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बाम एकताले काँग्रेसलाई केहि असर गर्दैन- पूर्व मन्त्री सुर्यमान गुरुङ

महेश मल्ल

न्यूयोर्क:-अक्टोबर ९, २०१७ का दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नेपाली काँग्रेसका एेतिहासिक व्यक्तित्व माननीय सुर्यमान गुरुङको प्रमुख आथित्यमा नेपालीहरूको महानचाड “दशै-तिहार, नेपाल संम्वत् र क्षठ पर्व” २०७४ सालको पावन अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अथितिको रूपमा बोल्दै पूर्व मन्त्री सुर्यमान गुरुङले बाम एकताबाट काँग्रेसलाई कुनै क्षति नहुने कुरा राख्दै, विचारले काँग्रेसलाई सधैं बचाई राख्ने धारणा राखेका थिए । ईमानदार संगले पार्टीको आव्हानमा आफुहरूले क्रान्ति गरेको कुरा सम्झन्दै, काँग्रेस बुझेको काँग्रेसीहरूले मात्र पार्टीलाई जोकाउँन सक्ने धारणा राख्दै, पूर्व मन्त्री गुरुङले, काँग्रेसले आफ्नो शक्तिलाई चिन्नुपर्ने कुरा राखेका थिए । प्रवासमा बसेर पनि लोकतन्त्रका निमित्त लागि पर्ने , चिन्ता व्यक्त गर्ने सबैलाई मन्त्री गुरुङले आभार प्रकट गर्दै, अहिले लोकतन्त्र माथि हमला भएकोले सबै लोकतन्त्र बादी शक्तिहरू एक भईरहेको र एकहुनु पर्ने धारणा राखेका थिए ।

विशेष अथितिको रूपमा शुभकामना मन्तव्य राख्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले लोकतन्त्र र नेपाली काँग्रेस पर्याय जस्तै भएकोले, नेपालमा नेपाली काँग्रेसको अझै चारसय बर्ष सम्म महत्व र आवश्यकता भएको धारणा व्यक्त गरेका थिए । अहिलेको पहिलो आवश्यकता काँग्रेसीहरू बीच भावनात्मक एकता हुनुपर्ने विचार राख्दै महासचिव नेम्बाङले काँग्रेसी नेताहरू बीच भावनात्मक एकता भएमा जस्तोसुकै बामएकताले पनि काँग्रेसलाई जित्न नसक्ने ठोकुवा गर्दै, आफुले पनि नेपाली जनसम्पर्क समिति अमेरिकालाई भावनात्मक रूपमा एक बनाउँन लागि कुनै कसुर बाँकी नराख्ने धारणा व्यक्त गरेका थिए ।

अर्का अथिति नेजस अमेरिकाका कोषाध्यक्ष विजय थुलुंगले, काँग्रेसमा केही पैसावालहरू, बिजनेसमेनहरू हावी हुनाले संगठनका पुराना कार्यकर्ताहरूको मनोबल गिरिरहेको कुरा राख्दै यसबाट संगठनलाई बचाँउनु पर्ने कुरा राखेका थिए ।

अन्य वक्ताहरूमा , नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व उपसभापति मीडंमार शेर्पा, पत्रकार दिनेश जंग शाह, रिजुड नेपाली समाजका अध्यक्ष रविकिरण कोईराला, काँग्रेस नेता श्याम काजी गुरुङ, एनआरएन अमेरिकाका सह कोषाध्यक्ष पवन यन्जन, नेपाली खेलकूद संघ अमेरिकाका महासचिव संजीव श्रेष्ठ, जनसम्पर्क समिति न्यूयोर्कका कृयाशिल सदस्य शीव वानीया लगायत थिए भने उपस्थित हुनेहरूमा पत्रकार बिजय पौडेल, छिरिग तोप्के लामा, अनिल पाण्डे, महेश मल्ल, हरीस चन्द्र हमाल, चुण्डी शेर्पा, मोहन श्रेष्ठ लगायत थिए ।

न्यूयोर्क शहरको स्थानीय थकाली किचन ज्याक्सन हाईटमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगनाले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका सदस्य गणेश बिष्टले गरेको सो कार्यक्रमलाई च्याप्टरका उपसभापति अमर तामाङले सन्चालन गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution