हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

विश्व शेर्पा भेलामा देशको चिन्ता

-छेटु शेर्पा

काठमाडौं: चार दशकदेखि बेलायतमा बस्दै आएका आङकलजङ शेर्पाका छोरासँग केही सोध्दा उनी अंग्रेजीमा जवाफ दिन्छन्।

पारिवारिक बोलचालमा शेर्पा भाषाको कुरै छाडौं नेपालीसमेत बोल्न नजान्दा चिन्तित छन् उनी। रोजगारीका क्रममा सन् १९८५ देखि बेलायत बस्दै आएका आङकलजङका परिवारजस्तै करिब २ सय परिवारले आफ्नो मौलिक संस्कार, भाषा, संस्कृति, परम्परा बिर्सिइसकेका छन्।

१० वर्षयता अमेरिका बस्दै आएका पत्रकार आङछिरिङ शेर्पा पनि आफ्ना साना दुई छोराले नेपालीपन र भाषा, संस्कार, संस्कृति बिर्सिएलान् भन्ने चिन्तामा छन्। तेस्रो मुलुकमा बसेर काम गर्दा मौलिकता हराउने भएकाले नेपालीपन संरक्षणका लागि पहल गर्न आङछिरिङले विश्व शेर्पा भेला सुरु गरे।

४ वर्षको छलफलपछि आइतबारदेखि काठमाडौंमा तीनदिने विश्व शेर्पा सम्मेलन सुरु भएको छ । बिदेसिएका अधिकांशले आफ्नो देश, संस्कार संस्कृति, भाषा र मौलिकता भुलेकाले यसको संरक्षणका लागि भेला आयोजना भएको प्रचारप्रसार संयोजकसमेत रहेका शेर्पाले बताए।

तेस्रो देशमा पुग्दा त्यस देशको धर्मको प्रभावले धर्म परिवर्तन, भाषिक कठिनाइ हुनु, शरणार्थी भएर पुग्दा जात नै परिवर्तन गर्ने गरेको, जातीय भाषा, धर्म, संस्कृति लोप हुने गरेकाले संरक्षण गर्न भेला आयोजना गरिएको उनले बताए।

भेलाका संयोजक रहेको शेर्पा संघका अध्यक्ष आङदोर्जी शेर्पा आफ्नो जातिको जीविकोपार्जनमा हिमालको भूमिका महत्वपूर्ण भएकाले संरक्षण संवद्र्धन गर्न भेलामा मुख्य छलफल भइरहेको बताए। सोमबार विषयगत कार्यपत्रमाथि छलफल गरी मंगलबार घोषणापत्र जारी गरिने संयोजक शेर्पाले बताए।

भेलाले नेपालको विकासमा लगानी थप गर्न शेर्पाहरूले भूमिका प्रस्ट गर्ने जनाएको छ। शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्रमा शेर्पाको उपस्थिति बढाउन विश्व सञ्जालले सहयोग गर्ने लक्ष्य राखेको छ।

नेपालीपन र आफ्नो मौलिकता बिर्सिने भएकाले यसको संरक्षण गर्न विश्व शेर्पा सञ्जालसमेत भेलाले गठन गर्ने भएको छ। हिमालमै बस्ने भए पनि शेर्पाको हिमालसँगको प्रत्यक्ष सम्बन्ध सन् १९२२ देखि जोडिएको पाइन्छ।

शेर्पा जाति र पर्वतारोहण पर्यायवाचीका रूपमा चिनिए पनि पछिल्लो समय हिमालमा सयौं शेर्पाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै प्रभावकारी उद्धार व्यवस्था गर्न राज्यसँग विश्वभर रहेका शेर्पाहरूले भेलामा माग गरेका छन्।

 

भेलामा अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भारतलगायत २१ देशका शेर्पा सहभागी छन् । शेर्पा संघ पोर्चुगलका उपाध्यक्ष कामाछिरिङ शेर्पाले हिमालमा शेर्पाहरूले गरेको दुःखको उचित सम्मान राज्यले नगरेको बताए। जीवन त्यागेर देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन शेर्पाहरूले काम गरेकाले सुरक्षा र उद्धारमा सहयोग गर्न माग गरे।

विश्व कीर्तिमान बनाउँदै बिदेसिने क्रम बढेको भन्दै शेर्पाहरूले आफ्नो देशको सम्मान गर्न सबैसँग भेलाले अनुरोध गरेको थियो। हिमालमा देखाएको बहादुरी, लगनशीलता र इमानदारीले शेर्पाको इज्जत र हैसियत माथि उठाएको छ। पछिल्लो समय हिमाल आरोहणमा केही गल्ती कमी कमजोरी र नियतवश नकारात्मक काम पनि भएको भन्दै यस्ता कुरा सच्याएर शेर्पा समाज अघि बढ्नुपर्ने विषयमा भेलामा बहस भएको थियो।@annapurnapost

 

Ads by Revcontent






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution