हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ सोसाईटी अफ अमेरिकाद्वारा बधाई तथा शुभकामना

-एनपी परदेशी

तामाङ सोसाईटी अफ अमेरिकाले आफ्ना दुई सदस्यलाई बधाई ज्ञापन गर्दै शुभकामना दिएको छ । सोसाईटीका सल्लाहकार बि आर (बाबु राम) लामा र निवर्तमान महासचिव पवन योञ्जनलाई गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव र सह-कोषाध्यक्षमा निर्वाचित भएकोमा खुशी एवं गौरव महसुस गर्दै बधाई ज्ञापन तथा उनीहरुका कार्यकाल पुर्ण सफल्ताको लागि शुभकामना दिएको हो । गत शनिबार न्युयोर्कको ज्याक्सन हाईटमा सोसाईटीले उक्त बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो । सोसाईटीका महासचिव अमर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाती महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा, तामाङ सोसाईटी अफ अमेरिकाका पुर्वअध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत लामा, पुर्वमहासचिवहरु लक्यान लामा, बुध्दिमान तामाङ लगायत बर्तमान पदाधिकारीहरु र सदस्यहरुले सँघका महासचिव बि आर लामा र सह-कोषाध्यक्ष पवन योन्जनलाई खादा लगाउँदै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा सोसाईटीका सह-कोषाध्यक्ष सानु कुमारी लामाले स्वागत मन्तब्य राख्दै स्वागत गरेकी थिईन् ।

सोसाईटीका सचिव छिरिङ योन्जनले सँचालन गरेको उक्त कार्यक्रममा गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको महासचिव बि आर लामाले सोसाईटीबाट आफूले हासिल गरेका नेतृत्व बिकासका अनुभवहरु सँघमा सदुपयोग गर्ने बताए । सँघको नवनिर्वाचित महासचिवको हैसियतमा काम गरेर देखाउँने प्रतिबध्दता ब्यक्त गर्दै सोसाईटीको सहयोगले आफूलाइ काम गर्न हौसला बढाएको बताए । यसै गरी सह-कोषाध्यक्ष पवन योन्जनले अव तामाङ युवा नेतृत्वको लागि ढोका खुलेको र थुप्रै तामाङ युवाहरु नेतृत्व विकासको क्रममा रहेको खुलाए । तामाङ युवाहरुको नेतृत्व विकासको लागि सोसाईटीको भूमिका रहेको उनले बताए ।

जातिय विविधता र त्यससँग जोडिएको मौलिक सँस्कार, सँस्कृती, भाषा, भेषभुषा नेपालको सम्पती भएको उल्लेख गर्दै नेपाल आदिवासी तथा जनजाति महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबाले नेतृत्व पङ्तीमा पुगेकाहरुले विशेष गरी आफ्नो मौलिक पहिचानमा गौरब गर्नु पर्ने एवं भावी पिडीको लागि बाटो देखाउँनु पर्ने कुरामा जोड दिए । तामाङ सोसाईटी अफ अमेरिकालाई अगाडी बढाउँन बि आर लामा र पवन योन्जनको योगदानको स्मरण गर्दै सोसाईटीका पुर्वअध्यक्ष राम तामाङले दुबै जनालाई सँघको कार्य अवधीमा निडर र पारदर्शी भएर जिम्मेवारी निभाउन सुझाए । यसै गरी पुर्वअध्यक्ष ईन्द्र तामाङले गैह्र अवासिय नेपाली सँघ अमेरिकाको महत्वपुर्ण पदमा दुई तामाङ पुग्दा भएको खुशी र गौरवलाई कायम राख्न सबैले सहयोग गर्नु पर्ने धारणा राखे । कुनै पनि ठाउँमा अवसर पाउँदा सक्षम तामाङहरुको कमी नरहेको भन्दै सोसाईटीका पुर्वअध्यक्ष भरत लामाले आफ्नो मन्तब्यमा गैह्र आवासिय नेपाली सँघको अन्तराष्ट्रिय समन्वय परिषदको नेतृत्व पङ्तीमा जानलाई पनि तामाङहरु सक्षम रहेको बताए ।

कार्यक्रमका सभापति अमर तामाङले हिजोको राज्यसत्ताबाट प्रडापित तामाङ पुर्खाहरुले पहिचान लुकाउँनु परेको बाध्यता आफ्नो बुबाबाट सुनेको स्मरण गर्दै गैह्र अवासिय नेपाली सँघ अमेरिकामा निर्वाचित सोसाईटीका दुई महत्वपुर्ण सदस्यहरु तामाङ समुदायको लागि रोल मोडेल हुने बिचार राखे । कार्यक्रमलाई सफल बनाउँन सहयोग पुराउँने सबैलाई धन्यवाद ज्ञापन गर्दै बधाई तथा शुभकामना कार्यक्रम बिसर्जन भएको घोषणा उनले गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution