शान्ति सम्झौताका लागि प्यालेस्टाईन र इजरायलका ३० हजार महिलाको गरे जेरुसेलममा प्रदर्शन

जेरुसेलम : प्यालेस्टाईन र इजरायलका दशौँ हजार महिलाले दुई देशका बीचमा शान्ति सम्झौताको माग गर्दै र जेरुसेलममा सडक प्रदर्शन गरेका छन्।
जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै तीस हजार महिला सहभागी भएका आयोजकले जनाएका छन्।
‘वमेन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्तादेखि भइरहेको उनीहरूको आन्दोलनको पछिल्लो कार्यक्रम हो।
उनीहरूले गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक कार्यक्रमहरू गर्दै आइरहेका छन्।
दक्षिणी सहर स्डेरोटबाट सुरु भएको विशाल र्यालीले विभिन्न ठाँउहरू पार गर्दै वेस्टव्याङसम्म ढाकेको थियो।
अल एक्सा मस्कोमा गत जुलाईमा एउटा आक्रमणमा परी छोरा गुमाएका अरबका पूर्वसांसद सकिब सानानले शान्ति सम्झौताको नजिक पुगिएको बताएका छन्।
वेमेन वेज पिस गत तीन वर्ष अघि स्थापना भएको हो। यसले इजरायल र प्यालेस्टाइनबीचको रक्तपातपूर्ण द्वन्द्व अन्त्यका लागि दुई देशकाबीचमा शान्ति सम्झौता गर्न माग गर्दै आइरहेको छ।
यसमा झण्डै २४ हजार जना सदस्य रहेका छन्। उनीहरूले शान्ति सम्झौता नभएसम्म आफ्नो अभियानलाई नरोक्ने दावी गरेका छन् | @रासस/सिन्ह्वा