चुनाव लड्न रहर छैन – करिष्मा मानन्धर
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालकी नेतृ करिष्मा मानन्धरलाई चुनावमा उठ्ने मनस्थिति बनाउन पार्टीले आग्रह गरेको छ । एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरणसँगै सूर्य चिन्हबाट नयाँ शक्तिले चुनाव लड्ने तयारी भइरहँदा पार्टीले उनलाई चुनाव लड्नका लागि मानसिक तयारीमा रहन सुझाव दिएको हो ।
“पार्टीले चुनावमा उठ्नुपर्छ भनिरहेको छ । तर मैले उठ्ने विचार गरेको छैन,” नायिका समेत रहेकी करिष्माले भनिन्, “त्यस्तै पार्टीले मलाई अगाडि सा¥यो र त्यस्तै अवस्था आयो भने त उठ्नु पर्छ होला ।”
उनले डा. बाबुराम भट्टराइले आफूलाई चुनावमा उठ्नका लागि मानसिक तयारीमा रहन आग्रह गरेको पनि उनले जानकरनी दिइन् ।
“चुनावी तालमेल गर्दा केन्द्रिय तहमा हामी धेरै जना थिएनौं, त्यो बेला उठ्नै पर्ने अवस्था थियो । तर अहिले चुनावी तालमेल र चुनावपछि एकताको प्रक्रिया सुरु भएसँगै उमेदवारको खाँचो छैन हामी भन्दा धेरै सिनियर हुनुहुन्छ । राम्रो राम्रो नेताहरु हुनुहुन्छ । उहाँहरुले अवसर पाउनुपर्छ भन्ने मेरो धारणा हो ।”
स्थानीय निकायको निर्वाचनमा पनि पार्टीका विभिन्न नेताहरु चुनावी मैदानमा उत्रिए पनि करिष्मा भने निर्वाचन लडेकी थिइनन् ।
स्थानीय तहको निर्वाचनमा सप्तरीमा मतदाता नामावलीमा नाम रहे पनि अहिले भने उनले सारेर काठमाडौं ल्याइसकेको जानकारी दिइन् । करिष्मा पार्टीमा गठन प्रक्रिया देखि नै नयाँ शक्ति पार्टीमा सक्रिय छन् । उनी नयाँ शक्ति पार्टीको सांस्कृतिक विभाग प्रमुख पनि हुन् ।