मोना अन्तर्राष्ट्रियको अध्यक्षमा चक्रबहादुर थापा निर्विरोध निर्वाचित

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को दोस्रो विश्व सम्मेलनबाट अन्तर्राष्ट्रिय कार्यकारी समितिमा चक्रबहादुर थापा (न्युजिल्यान्ड) निर्विरोध निर्वाचित भएका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) गैरआवासीय नेपाली संघ (एनआरएन)पछि विश्वभर फैलिएको संगठित संस्था हो । सम्मेलनमा हङकङ, युके, बेल्जियम, पोर्चुगल, अष्ट्रिया, जर्मन, न्युजिल्यान्ड, अमेरिका, अष्ट्रेलिया, कतार, दक्षिण कोरिया, जापान, बहराइन समेत २२ देशका करिब २ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।
पश्चिम मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारमा सोमबार साँझ भएको सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा राधिका गुरुङ (हङकङ), उपाध्यक्षमा योगकुमार फगामी (बेलायत), ओमनारायण जुग्जाली (दक्षिण कोरिया), प्रेम रसाईली कतार, महिला उपाध्यक्ष भुगोल शेरचन (बेलायत), महासचिव भीम पुर्जा (नेदरल्यान्ड), सचिव हरि राम्जाली (अष्ट्रेलिया), विक्रम कार्की (कतार), कोषाध्यक्ष राम खड्का (जापान), सहकोषाध्यक्ष लाकनाथ पौडेल (न्युजिल्यान्ड) रहेका छन् ।
त्यसै गरी युरोप महादीप संयोजकमा लक्ष्मण गर्वुजा, एसिया प्यासेफिक दलिलाल खड्का, एसिया मध्यपूर्व ताराबहादुर कार्की, अमेरिका क्षेत्र ताराप्रसाद पुन महिला संयोजकमा पूर्णिमा पाइजा रहेका छन् ।
‘मातृभूमिका लागि हामीले नगरे कस्ले गर्ने, आज नगरे कहिले गर्ने’भन्ने मुल नारासहित सम्पन्न मोना विश्व सम्मेलनको एनआरएनका अध्यक्ष शेष घले र एनआरएन पूर्वअध्यक्ष उपेन्द्र महतोले शनिबार गरेका थिए । विश्वभर संगठन रहेको मोनाको विश्व सम्मेलनलाई अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सेमिफाइनल घोषणा गरेका छन् ।