हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

काठमाडौंमा कांग्रेसबाट को को उम्मेदवार सिफारिश परे ? नरहरी अाचार्य अटाएनन्

२३ असोज, काठमाडौं । आगामी मंसिरमा २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिश गरेको छ ।

क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई सर्वसम्मत सिफारिश गरिएको काँग्रेस जिल्ला कार्य समितिका सभापति कृष्ण (सबुज) बानियाँले जानकारी दिए ।

यो क्षेत्रम नेकपा (एमाले)ले केन्द्रीय कमिटी सदस्य एवं काठमाडौँ जिल्ला इञ्चार्ज सावित्रा भुसालको नाम सर्वसम्मत सिफारिश गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले वाम दलबीच चुनावमा तालमेलको घोषणा भएकाले अहिलेसम्म नाम सिफारिश नगरिएको जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नवराज सिम्खडा १० वटै निर्वाचन क्षेत्रबाट प्रत्याशीका नाम सिफारिश भई आएकाले मंगलबार र बुधबार बैठक बसी नाम केन्द्रमा पठाइने बताए ।

काठमाडौँ क्षेत्र नं १ मा विवेकशील साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता रमेश पौडेलले बताए ।

क्षेत्र नं २ मा नेपाली काँग्रेसले तीन जनाको नाम सिफारिश गरेको छ । क्षेत्रीय सभापति उपेन्द्र कार्की, सांसद दीपकप्रसाद कुइँकेल र महासमिति सदस्य लोकेश ढकालको नाम पार्टी केन्द्रीय समितिमा सिफारिश गरिएको जिल्ला समितिले जनाएको छ । क्षेत्र नं २ मा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम सर्वसम्मत सिफारिश गरेको छ ।

क्षेत्र नं ३ मा नेपाली काँग्रेसले सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, महासमिति सदस्य हरिबोल भण्डारी, महामिति सदस्य एवं नेपाल तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का र विपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलको नाम केन्द्रमा पठाएको छ । एमालेले भने पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईको नाम सर्वसम्मत सिफारिश गरेको छ ।

क्षेत्र नं ४ मा काँग्रेसले सांसद गगनकुमार थापा, महासमिति सदस्य नरोत्तम वैद्य र महासमिति सदस्य जानु घिमिरेको नाम सिफारिश गरेको छ । यो क्षेत्रमा एमालेले सांसद राजन भट्टराईको नाम सर्वसम्मत सिफारिश गरेको छ । विवेकशील साझा पार्टीले यो क्षेत्रबाट सुबुना बस्नेतलाई उम्मेदवार बनाउने भएको छ ।

क्षेत्र नं ५ मा काँग्रेसले क्षेत्रीय सभापति रमेश खड्का, पूर्वमहासमिति सदस्य श्रीविनोद भट्टराई, नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष एवं महासमिति सदस्य प्रेमबहादुर खड्का र महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम केन्द्रमा बुझाएको छ ।

यो क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस नेता नरहरि आचार्य निर्वाचित भएका थिए । तर, उनी यसपटक सिफारिशमै परेका छैनन् ।

यहाँबाट एमालेले महासचिव ईश्वर पोखरेलको नाम सर्वसम्मत रुपमा केन्द्रीय कमिटीमा सिफारिश गरेको छ । यो क्षेत्रमा विवेकशील साझा पार्टीले संयोजक उज्ज्वलबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

क्षेत्र नं ६ मा काँग्रेसले जिल्ला सभापति बानियाँ र रक्षामन्त्री भीमसेनदास प्रधानको नाम सिफारिश गरेको छ । एमालेबाट भने ३ नं प्रदेश कमिटी सदस्य योगेन्द्र सङ्ग्रौला लगायतको नामका विषयमा छलफल भइरहेको जिल्ला अध्यक्ष राईले बताए । यो क्षेत्रको नाम टुङ्गिन भने बाँकी रहेको एमाले जिल्ला कमिटीले जनाएको छ ।

क्षेत्र नं ७ मा काँग्रेसले महासमिति सदस्य सुदर्शन आचार्य, जिल्ला समिति सदस्य विजय माली, क्षेत्रीय सभापति मुकुन्द रिजाल, रक्षामन्त्री प्रधान, यसअघि दोस्रो संविधान सभा निर्वाचनमा चुनाव लड्नुभएकी महासमिति सदस्य प्रमिला सिंह र समानुपातिक सांसद ओमदेवी मल्लको नाम सिफारिश गरेको छ ।

एमाले जिल्ला कमिटीले भने दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद रामवीर मानन्धरको नाम सर्वसम्मत गरेको छ । साझा पार्टीले अनुपा श्रेष्ठलाई प्रतिस्पर्धामा उतारेको छ ।

क्षेत्र नं ८ मा काँग्रेसले केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं सांसद नवीन्द्रराज जोशीको नाम सर्वसम्मत सिफारिश गरेको छ । एमालेले पार्टी केन्द्रीय कमिटी सदस्य एवं कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य जीवनराम श्रेष्ठको नाम पार्टी केन्द्रमा बुझाउने भएको छ । विवेकशील साझा पार्टीले यो क्षेत्रबाट पुकार बमलाई उम्मेदवार तोकेको छ ।

क्षेत्र नं ९ मा काँग्रेसले सांसद ध्यानगोविन्द रञ्जित र महासमिति सदस्य दामोदर गौतमको नाम सिफारिश गरेको छ । एमालेले भने उपाध्यक्ष एवं ३ नं प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्य र पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको नाम पठाएको छ । साझा पार्टीले मिलन पाण्डेलाई प्रतिस्पर्धी बनाएको छ ।

क्षेत्र नं १० मा काँग्रेसले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको नाम सर्वसम्मत सिफारिश गरेको छ । केसीले दोस्रो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गर्दैै निर्वाचित भएका थिए ।

यो क्षेत्रबाट एमालेले समानुपातिक सांसद विनोद श्रेष्ठ र वैकल्पिक केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरको नाम जिल्ला कमिटीका तर्फबाट केन्द्रीय कमिटीमा बुझाएको छ ।

विसं २०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये ७ मा काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

काठमाडौँ २ बाट निर्वाचित एमाले नेता नेपाल रौतहट जिल्लाबाट पनि निर्वाचित भएपछि उनले काठमाडौँ २ छोडे । विसं २०७१ असार ८ गते भएको उपनिर्वाचनमा काँग्रेसका दीपकप्रसाद कुइँकेल विजयी भए ।

काठमाडौँमा महिला तीन लाख ११ हजार ७६३, पुरुष दुई लाख ९१ हजार ८४६ र ११ जना तेस्रोलिङ्गी गरी कुल छ लाख तीन हजार ६२० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

@रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution