गौचनको हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई प्रकाउ

काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए।
एसएसपी धानुकले भने ‘घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको लागि पक्राउ गरिएको हो,’ उनीहरुको साथबाट प्रहरीले केही राउन्ड गोली र हतियारसमेत बरामद गरेको छ।’
छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङलाई प्रहरीले अपराह्न सवा ३ बजे पक्राउ गरेको हो। उनीहरु तीनै जना काभ्रेको रोशी नगरपालिकाका बासिन्दा हुन्। @ पहिलोपोस्ट