इजरायलमा बौद्धधर्मावलम्बीहरु मणि पूजा गर्दै

तेलअविव – विश्व भरी जति पनि पशु-प्राणीको काटमार ,हत्या -हिंसा र अकालमा मृत्यु भएकोछ ,सम्पूर्ण मृत आत्मालाई सम्झेर मृति आत्माको शान्ति तथा सुखवाती लोकमा पुनः जन्म होस् साथै विश्वमा शान्ति फैलियोस, सबै जगत प्राणीको कल्याण होस् भन्दै बौद्ध धार्मिक बिधि अनुसार यहि आउँदो २१ अक्टोबर २०१७ (शनिबार)बिहान ९ बजे देखि तेलअविव स्थित नेवेशान ४७ मा नेपाल तामाङ घेदुङ,इजरायलका धार्मिक बिभाग प्रमुख लामा थुप्तेन तामाङ द्वारा बौद्धधर्मानुसार १० हजार मणि र ङोै वा मोलम) मन्त्र सहित पुजा-पाठ गर्ने भएको छ |
नेपाल तामाङ घेदुङ,इजरायल,शेर्पा समाज इजरायल ,मगर संघ इजरायल र ह्याल्मो समाज इजरायलको सामुहिक आयोजनामा मणि पुजा गर्ने भएको हो | मणिपुजामा इजरायलवासी सम्पूर्ण बौद्धमार्गी भक्तजनहरुलाई उपस्तिथ भइ धर्म-कर्म र पुण्य आर्जन गर्दै प्रसाद ग्रहण गरिदिनुहुन आयोजकले सबैलाई हार्दिक निमन्त्रणा गरेका छन् |