जिल्ला अदालत काभ्रेका नासु राजेन्द्र खत्री घूससहित रंगेहात पक्राउ

२३ असोज, काठमाडौं । जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री घुस लिँँदै गर्दा पक्राउ परेका छन् ।
सेवाग्राहीसँग रकम मागेको सूचना आधारमा गएको अख्तियारको टोलीले खत्रीलाई १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
उनलाई धुलिखेल बसपार्कबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।