काठमाडौंको शान्तिनगरमा गोली चल्यो

असोज २३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद कुमार गौचनमाथि गोली प्रहार भएको छ । काठमाडौंको बानेश्वरमा सोमवार दिउँसो उनीमाथि गोली प्रहार भएको महासङ्घका महासचिव रामशरण देउजाले बताएका छन् ।
गोली लागेका गौचनको अहिले बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको उनले बताए ।