काठमाडौंमा प्रथम विश्व शेर्पा सम्मेलन सुरु

काठमाडौं – विभिन्न देशमा बसोबास गर्ने शेर्पाहरुको प्रथम बिश्व शेर्पा सम्मेलन काठमाडौंको -याडिसनमा होटलमा सुरु भएको छ । शेर्पा भाषा, धर्म, कला, संस्कृतिलाई जिवित राख्न सम्मेलन महत्वपूर्ण हुने आयोजकले जनाएको छ ।
नेपाल शेर्पा संघको व्यवस्थापनमा सम्मेलन आयोजना भएको हो । शेर्पा सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । सम्मेलनको क्रममा शेर्पाबारेको स्मारिकासमेत बिमोचन गरिएको थियो ।
यसैगरी भुकम्प पीडितलाई सहयोग पुर्याउने मुलुकका शेर्पा किदुङहरु, शेर्पा संघ/संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए |
सम्मेलनमा शेर्पा भाषा, धर्म र सस्कृति , शिक्षा, आर्थिक मितव्ययिता, लगानीको अवसर, सञ्चार, राजनीतिक र ग्लोबल वार्मिङलगायतका विभिन्न विषयहरुमा कार्यपत्र सहित व्यापक छलफल बताएको छ । विश्व शेर्पा शेर्पा संघ तद्धर्थ समितिले तयार पारेको मस्यौद विधानमाथि छलफल गरि घोषणा पत्र जारी गदै विश्व शेर्पा संघ नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।
फोटो: आङकाजि शेर्पाको फेसबुकबाट