हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

एनआरएनका नेताहरु ४ वटा हेलिकप्टर चार्टर गरेर किन पुगे म्याग्दी ?

काठमाडौं—चुनाबको तयारीमा जुटेका एनअारएन नेताहरु अाइतबार चारवटा  हेलिकप्टर चार्टर गरेर म्याग्दी पुगेका थिए |

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नेताहरु म्याग्दी प्रवासी नेपाली संघ (मोना) को कार्यक्रममा सहभागी हुन उनीहरु म्याग्दीको दरबाङ पुगेका हुन्। दरबाङ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले, उनकी श्रीमती जमुना गुरुङसहित समूह एउटा हेलिकोप्टरमा पुगेको थियो। संस्थापक अध्यक्ष उपेन्द्र महतो नेपाली सेनाको हेलिकप्टर लिएर कार्यक्रम स्थलमा पुगेका थिए। महतो चढेको सेनाको हेलिकप्टरमा एनआरएन युरोप संयोजक कुल आचार्य सवार थिए। वर्तमान अध्यक्ष घले र संस्थापक अध्यक्ष महतो संघभित्रका दुई विपरित शक्ति केन्द्र मानिन्छन्।

एनआरएएका वर्तमान उपाध्यक्ष भवन भट्ट छुट्टै हेलिकप्टरबाट कार्यक्रमस्थल पुगेका थिए। कार्यक्रममा एनआरएन सचिव अर्जुन श्रेष्ठ, प्रवक्ता रञ्जु थापा क्षत्री, अमेरिकाको क्षेत्रिय संयोजक सोनाम लामा, युरोप क्षेत्रिय सहसंयोजक प्रेम गुरुङ, युकेका पूर्व अध्यक्ष मुक्षत्र गुरुङ पनि हेलिकोप्टरमा कार्यक्रमस्थल पुगेका थिए। एनअारएन नेताहरुको म्याग्दी भ्रमणलाई आगामी निर्वाचनसँग जोडेर हेरिएको छ।

गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा आठौं अन्तरार्ष्ट्रिय सम्मेलन हुँदैछ। सो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। हेलिकोप्टरमा दरबाङ पुगेका भवन भट्ट अागामी साता हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी छन्। कुल अाचार्य र सोनाम लामाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। अर्जुनकुमार श्रेष्ठ महासचिवका प्रत्यासी हुन् भने प्रेम गुरुङ युरोप संयोजक र मुक्षत्र गुरुङ कोषाध्यक्षका प्रत्यासी हुन्।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्‌घाटनका लागि उनीहरु म्याग्दी पुगेका हुन्। म्याग्दीबाट विदेश पुगेकाहरुको संस्था मोना अमेरिका, युरोप, एशियाका देशहरुमा शाखा भएको प्रवासी संस्था हो। ‘मोनासँग आवद्धहरुको मत अाकर्षित गर्न एनअारएन नेताहरु म्याग्दी पुगेका हुन्’, एक एनअारएन नेताले नागरिकन्युजसँग भने, ‘एउटा पक्ष जाने भएपछि पछि परिएला भनेर अर्को पक्ष पनि हेलिकोप्टर लिएर हिँडेको हो।’

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले मोनाको दोस्रो महाधिवेशन उद्‌घाटन गरेका छन्।@नागरिकदैनिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution