हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नाम्गेल ज्याङछ्युब गुम्बामा तीन दिने न्यूङ्ने (मौनव्रत)पूजा सम्पन्न

असोज १४ शनिबार, बौद्ध, तिनचुली स्थित नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बामा यस वर्षकोे तीन दिने न्यूङ्ने (मौनव्रत) पूजा कार्यक्रम सम्पन्न भएको छ । समापन अवसरमा पूजनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेज्यूले न्यूङ्ने पूजा कार्यक्रममा सहभागि उपासकउपासिकालाई दर्शनभेटका साथै आशिवार्चन प्रदान गर्नु भएको थियो ।

सोही अवसरमा श्रद्धेय गुरुद्धारा २०७१ सालमा धर्मदेशना गर्नु भएको विषयलाई समेटेर प्रकाशन गरेको सात बुँदे मतिशोधन नामक धर्म पुस्तकको लोकापर्ण गर्नु भयो । कार्यक्रममा गुम्बाका लामा गुरु रवीन लामाले सहभागिहरु साथै सहयोगी बिएसी भोलेन्टर समूह, फाउण्डेसन सदस्यहरु, मणिछोक्पा तथा धर्म सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यस वर्ष २८६ उपासकउपासिकाले न्यूङ्ने व्रत बसेका थिए । जस मध्ये १८५ महिला र १०१ पुरुषहरु सहभागि थिए । न्यूङ्ने (मौनव्रत) तान्त्रिक धर्म अन्तर्गत कृयातन्त्रमा पर्दछ । यो पुण्य संचय गर्ने महत्वपूर्ण माध्याम पनि हो । महायानी धर्ममा यो परम्परा भिक्षुणी लक्ष्मीकरा (गेलोङ मपल्मो) कतै भिक्षुणी कमला पनि भनेर उल्लेख गरिएको छ । उहाँ देखि शुरुआत भएको यो परम्परा ज्यामगोन सितु रिन्पोछेको आश्रय नामक न्यूङ्ने लाभहित पुस्तकमा उल्लेख छ ।

न्यूङ्ने विशेषगरी बौद्धहरुको महत्वपूर्ण चार तिथिहरुमा बस्ने गरिन्छ । यी बाहेक अन्य शुक्लपक्षको शुभतिथिहरुमा पनि बस्ने गरिन्छ । यो व्रतमा करुणामय आर्य अवलोकितेश्वरको ध्यान मन्त्र जप्ने गर्ने गरिन्छ । न्यूङ्ने बस्नु अघि न्यूङ्नेपाहरुले अष्टशील (सोज्योङ) गुरुबाट ग्रहण गर्नु पर्दछ । हामी कहाँ चाहिँ विशेषगरी असोज प्रतिप्रदा देखि सुरु हुने दशै पर्वताका बस्ने गरिन्छ । यसको मुख्य कारण चाडपर्वका नाममा निर्दाेष प्राणीहरुमाथि हुने हत्या र हिसांको प्रतिपक्षको लागि हो ।

प्राणीहरुमाथि हुने हिसांको विरुद्ध ती प्राणीहरुले अनादि कालदेखिको जन्मबाट मुक्त होस् । न्यूङ्नेबाट आर्जन गरेको पुण्यको बलले प्राणीहरुले मुक्ति पाओस् भन्ने हेतुले न्यूङ्नेमा करुणामय आर्य अवलोकितेश्वरको ध्यान मन्त्र जप गर्ने गरिन्छ । न्यूङ्ने बस्नाले कति के कस्तो पुण्य आर्जन गर्न सकिन्छ भन्ने विषयमा भगवान् बुद्ध स्वयम्ले दश दिशाका बुद्ध र बोधिसत्वहरुले समेत यसको फलको विषयमा अनुमान गर्न गाहे हुन्छ भन्नु भएको छ । विशेषतः न्यूङ्ने बस्नाले काय, वाक र चित्त (शरीर, वचन र मन) द्धारा संचय गरेको पाप शुद्ध भई दूर्गतिको जन्मबाट पार पाउन सकिन्छ भन्ने विश्वास बौद्ध महायानी धर्ममा रहेको छ ।

-कृष्णकुमार लामा @ namsadhim






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution