१४ वर्षको रोशनी त्रिपाठी ‘ब्लड क्यान्सर’ अामाबाट सहयोगको अपिल !

–राजमान स्याङतान तामाङ
काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं १ जनचेतना उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेकी अामा सीता त्रिपाठीको १४ बर्षे छोरी रोशनी त्रिपाठीलाई अचानक दुई महिना अघि बारम्बार ज्वरो आउँने र खोकी लाग्ने समस्या देखिन थाल्यो । रोशनी विरामी परेपछि सुरुमा उनकि आमाले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाइन् । तर रोशनीलाई मेडिकलको औषधिले निको भएन । निको नभएपछि काभ्रेको एक अस्पतालमा भर्ना गराइन् । एक साता सम्म अस्पतालमा भर्ना गरेर एन्टिबाइटिक खाएपछि रोशनीको खोकी र ज्वरो कम हुदै गयो ।
अस्पातलले एक साता पछि घर लैजाने अनुमति दियो । तर घर लगेको भोलिपल्टबाट रोशनीलाई फेरी एक सय ३ डिग्रीको ज्वारो आयो । अस्पतालमा भर्ना भएर एक सातासम्म औषधि खादा पनि निको नभएपछि आफन्तहरुको सल्लाहमा सिताले छोरी रोशनीलाई महाराजगञ्जको बाल कान्ति अस्पतालमा ल्याइन् । बाल कान्ति अस्पतालले भर्ना गरेर रोशनीको उपचार सुरु गर्यो । कान्तिमा उपचारको क्रममा रगत जाँच गर्दा रोशनीलाई ‘ब्लड क्यान्सर’ भएको रिर्पोट आयो ।
छोरीलाई ब्लड क्यान्सर भएको थाहा पाएपछि सिता छाँगाबाट खसेजस्तै भइन । घरबाट २० हजार लिएर छोरीको उपचार गराउन उनी काठमाडौं आएकी थिएन । ‘२० हजार रुपैया लिएर अस्पताल आएको दश हजार रुपैया काभ्रे मै सकियो । बचेको दश हजार लिएर काठमाडौंको बाल कान्तिमा भर्ना गरे । आफुसंग भएको पैसाले नपुगेपछि माइतिका आफन्तहरुको सहयोगमा छोरीको उपचार गराइरहेकि छु’ उनले भनिन् ।
रोशनीको उपचारमा खटिएका डा. कैलाश शाहले उनको राम्रोसंग नियमित उपचार भए क्यान्सर निको हुने बताएका छन् । सुरुको एक महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले रोशनीलाई अस्पतालमै राखिएको डा. शाहले बताए । ‘अहिले हप्तामा तीन पटक रगत जाँच गराएका छौं । आवश्यक औषधिहरुपनि दिएका छौं’ डा साहले भने, ‘अस्पतालको निगरानीमा नियमित उपचार गर्यो भने उनको क्यान्सर ठिक हुनसक्छ ।’ डा साहका अनुसार रोशनीले २ वर्ष सम्म नियमित उपचार गराउनु पर्छ र चार महिना सम्म त अस्पताल नियमित आइरहनु पर्छ ।
रोशनीका आमाछोरी एक महिना अघिदेखि काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको अंकोलोजि वार्डको ४४२ नम्बरको शैयामा मलिन अनुहारमा बसिरहेकी थिइन् काभ्रेकी रोशनी त्रिपाठी । उनकै छेउमा रहेकी उनकी आमा सिता त्रिपाठीको अनुहारमा बेचैनी थियो ।
रोशनीका आमाछोरी एक महिना अघिदेखि कान्ति बाल अस्पतालमा कष्टपूर्ण दिनहरु गुजार्दै छन।
रोशनीको बुबाले १० बर्ष अघि आत्महत्या गरेको र घरको अवस्था दयनीय भएको हुनाले चरम आर्थिक अवस्था कमजोर भएकी यी टुहिरी बालिकालाई सक्दो सहयोग गरि यिनको जीवन जोगाउने अभियानमा सम्पूर्ण देश बिदेशमा रहनु भएका नेपालीहरु बाट उनीकी अामा सिता त्रिपाठीले सहयोगको अपेक्षा गरेकी छन ।
रोशनी को अामाको सम्पर्क नम्बर 9813808878 मा जानकारी लिएर सहयोग गर्न सक्नुहुनेछ ।