हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

शीर्ष नेता को कहाँबाट उम्मेदवार बन्दै ?

काठमाडौं, असोज २२ – प्रतिनिधिसभा र प्रदेश सभा चुनावको लागि दलहरुले उम्मेदवार सिफारिस गर्न थालेका छन् । उम्मेदवारी मनोनयन गर्न अब दुई हप्ता मात्र बाँकी छँदा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका हुन् । मुख्य दलका सबै शीर्ष नेताहरु सिफारिसमा परेका छन् ।

कुन दलका शीर्ष नेता कहाँबाट सिफारिस ?


नेपाली कांग्रेस  

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराको एक मात्र निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । देउवाको गृहजिल्ला डडेल्धुरामा दुईवटा गुट बनेर उम्मेदवार सिफारिस भएको थियो । देउवा दुवै गुटबाट सिफारिसमा पर्नुभएको छ । स्थानीय चुनावमा डडेल्धुराका पाँच गाउँपालिका र दुई नगरपालिकामध्ये एक गाउँपालिका र एक नगरपालिका बाहेक अन्य तहमा कांग्रेस विजयी भएको थियो ।

कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँको क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ, तर पौडेल सर्वसम्मत सिफारिस हुन सक्नुभएन । तनहुँका १० वटा स्थानीय तहमध्ये क्षेत्र नम्बर १ मा चारवटा तह छन् । जसमा नेपाली कांग्रेसले तीनवटा तहमा जितेको थियो । तनहुँ २ बाट भने कांग्रसका युवा नेता प्रदिप पौडेल सिफारिस हुनुभएको छ ।

महामन्त्री सशांक कोइराला नवलपरासीको पूर्वी क्षेत्रको कान्छोे जिल्ला नवलपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस हुनुभएको छ । नवलपुरमा २ वटा निर्वाचन क्षेत्र छन् । नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ ।

यस्तै अर्जुननरसिंह केसी र डा. रामशरण महत नुवाकोट १ बाट सिफारिस भएका छन् । कांग्रेसबाट धेरै नाम सिफारिस हुन बाँकी छ ।

नेकपा एमाले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट निर्विरोध सिफारिस हुनुभएको छ । झापामा ५ वटा निर्वाचन क्षेत्र छन् । नेकपा एमालेले ५ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । एमाले अध्यक्ष ओली सिरहाको क्षेत्र नम्बर १ बाट पनि सिफारिस हुनुभएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तीनवटा क्षेत्रबाट सिफारिस हुनुभएको छ । रौतहट १ र २ तथा काठमाडौं क्षेत्र नम्बर २ बाट उहाँ सर्वसम्मत सिफारिस हुनुभएको छ । संवैधानिक बाध्यताका कारण नेपाल एक ठाउँबाट मात्रै चुनाव लड्नु हुनेछ ।

नेताहरु झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ इलामको क्षेत्र नम्बर १ र २ बाट सिफारिस हुनुभएको छ । उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनावको लागि सिफारिस हुनुभएको छ । महासचिव ईश्वर पोखरेल यो पटक पनि काठमाडौँ ५ बाट प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
एमाले उपाध्यक्ष भीम रावल अछाम १ बाट सर्वसम्मत सिफारिस हुनुभएको छ ।

शङ्कर पोखरेल दाङ २, विष्णु पौडेल रुपन्देही २, प्रदीप ज्ञवाली गुल्मी २, गोकर्ण विष्ट गुल्मी १ बाट उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।

अष्टलक्ष्मी शाक्य काठमाडौं ९, घनश्याम भुषाल रुपन्देही १, योगेश भट्टराई ताप्लेजुङ, सुरेन्द्र पाण्डे चितवन २, भानुभक्त ढकाल मोरङ ३, कृष्णगोपाल श्रेष्ठ काठमाडौँ ८, सत्यनारायण मण्डल सप्तरी १, रघुवीर महासेठ धनुषा ३, कोमल ओली दाङ ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस हुनुभएको छ ।

एमाले नेता दलबहादुर राना पाल्पा क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको छ । नेता सोमप्रसाद पाण्डे तथा ठाकुर गैरे पाल्पा २ बाट सिफारिस हुनुभएको छ ।  राजपा नेता हृदयश त्रिपाठीले राजपा छाडेर सूर्य चिन्हबाट चुनाव लड्ने भनेपछि पछिल्लो समय राजनीतिमा यसले निकै चर्चा पायो । त्रिपाठी नवलपरासी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने हुनुभएको छ । उहाँका लागि एमालेले यहाँ ठाउँ खाली गरेको छ ।

माओवादी केन्द्र 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र ३ बाट चुनाव लडने भनेर घोषणा गर्नुभएको छ । नेता रामबहादुर थापा बादल पनि चितवन क्षेत्र नम्बर २ बाट सिफारिस हुनुभएको छ । चितवनमा तीनवटा स्थानीय तह रहेका छन् ।

नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्त्रर २ बाट प्रतिष्पर्धा गर्ने हुनुभएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । माओवादी नेता वर्षमान पुन रोल्पाबाट निर्विरोध सिफारिस हुनुभएको छ । रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र छ ।  माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्मा कान्छो जिल्ला रुकुम पूर्वबाट चुनाव लड्ने हुनुभएको छ । नेता देव गुरुङ पोखरा क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ ।

नयाँ शक्ति

नयाँ शक्ति नेपालका संयोजक डा. बावुराम भट्टराईले गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने यसअघि घोषणा गरिसक्नुभएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको बिचमा चुनावी तालमेल तथा पार्टी एकीकरणको घोषणा भएपछि उहाँले सूर्य चिन्ह लिएर चुनाव लड्ने बताउनुभएको छ ।

राष्ट्रिय जनता पार्टी

अबको चुनावबाट तराईको ठूलो शक्तिको रुपमा उदय हुने लक्ष्यका साथ ५ वटा मधेश केन्द्रित दल मिलेर बनेको बनेको राजपामा पछिल्लो समय नेताहरुले पार्टी छोड्ने समस्याले सताएको छ । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो तथा राजपा नेता महेन्द्रराय यादवमध्ये एकजना सर्लाही क्षेत्र नम्बर २ बाट चुनावमा भिडने छन् ।

अघिल्लो चुनावमा यी दुई नेता फरक पार्टीबाट सर्लाहीको एउटै क्षेत्रबाट चुनाव लडेका थिए ।  जहाँ राजेन्द्र महतो पराजित भएका थिए । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर ३ बाट चुनाव लडने सम्भावना छ । राजपाका नेता गजेन्द्रकुमार मण्डल सप्तरी क्षेत्र नम्बर २ बाट सिफारिस हुनुभएको छ । सप्तरीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

संघीय समाजवादी फोरम

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव यसअघि सुनसरी ५ बाट निर्वाचित हुनुभएको थियो । तर अहिले सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र कायम छन । यादव सुनसरीको क्षेत्र नम्बर ४ बाट सिफारिस हुनुभएको छ । तर यादवले मोरङबाट पनि चुनाव लडन सक्ने  देखिएको छ ।

राजपा र संघीय समाजवादी फोरमबिच चुनावी तालमेल हुने भएकाले नेताहरुको चुनावी क्षेत्र केही दिनपछि मात्र तय हुनेछ ।

लोकतान्त्रिक फोरम 

लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै हुनुहुन्छ । असोज पहिलो हप्ता भएको स्थानीय चुनावले गर्दा मधेश केन्द्रित दलले सबै ठाउँको उम्मेदवार सिफारिस गरेका छैनन् ।

मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा दलहरु गठबन्धन बनाएर चुनाव लड्ने भएका कारण पनि दलहरु उम्मेदवार छान्न हतार नगरेको देखिन्छ ।

@लक्ष्मण शर्मा/उज्यालो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution