एनआरएनए आठौ महाधिवेशनका लागि उम्मेदवारको मनोनयन दर्ता शुल्क सार्वजानिक

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौ का लागि उम्मेदवारको मनोनयन दर्ता शुल्क सार्वजानिक भएको छ । एनआरएनए निर्वाचन समितिले आउँदो असोज २८ देखि ३१ सम्म काठमाडौमा हुने महाधिवेशनको उमेद्वारी दर्ता शुल्क तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
एनआरएनए निर्वाचन समितिका अनुसार यस पटकको सम्मेलनमा करिब २५ सय भन्दा बढी डेलिगेट्सहरु हुने छन् ।एनआरएनको नयाँ कार्य समिति चयन गरिने यस आठौँ विश्व सम्मेलन तथा केन्द्रीय महाधिवेशन लागि बिभिन्न देशबाट कार्यक्रममा भाग लिन आउनेहरुलाई दर्ताका लागि आह्रवान समेत गरेको छ । @ brtnepal