हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

फुल्न थाल्यो आइफोन एट प्लसको ब्याट्री,एप्पललाई आपत  

एप्पलको नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेको अर्को घटना चीनमा सार्वजनिक भएको छ । चिनिया मिडियाहरुले आइफोन एट प्लसको ब्याट्री फुलेको समाचार तस्वीरसहित प्रकाशित गरेका छन् ।

यसअघि ताइवान र जापानमा पनि आइफोन एट प्लसको ब्याट्री फुलेको र ब्याट्री फुल्दा फोनको बाहिरी खोल नै उप्पिएका समाचार आएका थिए ।

गत बिहिबार चीनको एक वेबसाइट द पेपर डट सिएनले एक आइफोन ग्राहक लि यू लाई उधृत गर्दै एक तस्वीर पोष्ट गरेको छ । जसमा ५ अक्टोबरमा खरीद गरेको उक्त नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेर बाहिरी खोल उप्किएको देखाइएको छ । यद्यपि उक्त फोन पडि्कएको वा टुटेको भने देखिएको छैन ।
लियूले उक्त आइफोन अनलाइन मार्फत खरीद गरेका थिए । आइफोनको ब्याट्री फुलेको देखेपछि डिभाइसलाई चार्ज नगरी बिक्रेतालाई नै फिर्ता गरेको बताइएको छ ।

एप्पलका प्रवक्ताले यो घटनाको छानविन भैरहेको बताएका छन् ।

एप्पलको दशौँ वर्षगाँठको अवसरमा हालै लञ्च भएको आइफोन एट प्लसले बजारमा खासै राम्रो प्रतिक्रिया पाउन सकिरहेको छैन । आइफोन लञ्चपछि एप्पलको शेयरमा पनि गिरावट आइरहेको छ । अघिल्ला फोनहरुको तुलनामा यो आइफोनको पि्रअर्डर पनि निकै कम भैरहेको छ ।

आइफोन एट प्लसको पि्रअर्डर कम हुनुको अर्को कारण के पनि हुनसक्छ भने नोभेम्बरमा आउने आइफोन एक्सको प्रतिक्षामा ग्राहकहरु रहेका छन् ।

चीनमा एप्पललाई हुवावे तथा ओप्पोजस्ता स्वदेशी स्मार्टफोनहरुले टक्कर दिइरहँदा एप्पलको बजार खुम्चिँदै गएको अवस्था छ । चिनिया बजारमा आइफोनको घट्दो बिक्रिदरलाई उकास्नका लागि एप्पलले कडा मेहेनत गरिरहेको बेला आइफोन एट प्लसको ब्याट्री फुलेको समाचार एप्पलका लागि ठूलो झट्का बनेको छ । @ एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution