हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बाम गठबन्धनको दुई तिहाइ पुग्ने संकेत देखियो

काठमाडौँ ।  गठबन्धन बनाएर आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको बाम गठबन्धनले दुई तिहाई ल्याउने संकेत देखिएको छ । एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति सम्मिलित वाम गठबन्धनमा अन्य दल पनि थपिने क्रम जारी छ ।

बाम गठबन्धनमा अब राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माले र परिवार दल समेत सामेत हुने भएका छन् । काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सहभागी हुन आव्हान गरेपनि यी दलहरुले बाम गठबन्धनमा नै आउने निर्णय गरेका हुन् । यसघि राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयेश त्रिपाठीले आफ्नो समुहले एमालेको सुर्य चिन्हबाट आगामी चुनाव लड्ने निर्णय गरिसकेका छन् ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने तयारी गरेको जानकारी दिए । उनले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको बताए ।

शुक्रबारमात्र नेपाल परिवार दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको चुनाव चिन्हमा निर्वाचन लड्ने निर्णय गरेको थियो । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा भएको तीनबुँदे सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने छ । यस्तै, निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको छ ।

नेकपा माले पनि बाम गठबन्धनमा

नेकपा मालेले पनि बाम गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ । प्रगतिशिल बामपन्थी पार्टीहरु एक भएर चुनाव लड्ने योजना अनुसार बाम गठबन्धन बनेको र नेकपा माले पनि यसमा सहमत भएकाले गठबन्धनसँग तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको माले महासचिव सिपी मैनालीले जानकारी दिए ।

थापा र लोहनी समूहलाई तान्ने कसरत

बाम गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपालाई समेत अटाउने प्रयासमा केपी ओली र प्रचण्ड लागेका छन् । उनीहरूले डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई पनि तान्ने प्रयास थालेका छन् । गठबन्धन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कमल थापाले शुक्रबार मात्र एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए । @ news24nepal

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution