हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

काभ्रेमा चुनावी सरगर्मी बढ्दै,प्रतिनिधिसभा र प्रदेशसभाको लागि नाम सिफारिस

बनेपा- काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ ।

जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलसहित अन्य दल चुनावको सम्भावित परिणामका लागि छलफल र बैठकमा व्यस्त छन् ।

नेपाली काँग्रेसले प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेको छ भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुवै निर्वाचनका लागि आन्तरिक बैठक जारी रहेको जनाएको छ ।
नेपाली काँग्रेसका उपाध्यक्ष अच्युत पौडेलले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट तीर्थ लामाको नाम सर्वसम्मत सिफारिस भएको बताउनुभयो ।

त्यस्तै क्षेत्र नं २ बाट नेपाली काँग्रेसका सभापति मधुप्रसाद आचार्य, सांसद कञ्चनचन्द्र वादे, प्रचण्डमान प्रधान र डा राम थपलियाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभाका लागि जिल्लामा दुई निर्वाचन क्षेत्र छन् ।

त्यस्तै प्रदेशसभाका लागि जिल्लाको क्षेत्र नं १ बाट सिवी लामा र दिनेश लामाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं २ बाट इन्द्रमणि अधिकारी, तीर्थबहादुर पचखल, मधुकर खनाललगायतको नाम सिफारिस भएको छ ।यस्तै क्षेत्र नं ३ बाट कञ्चनचन्द्र वादे, रामकुमार मुल्मी, प्रकाश थापाको नाम सिफारिस भएको छ ।क्षेत्र नं ४ बाट अच्युतप्रसाद पौडेल, सुन्दर आचार्य, बेलबहादुर लामाको नाम सिफारिस भएको छ ।

यता एमालेले प्रतिनिधिसभामा क्षेत्र नं १ बाट रामहरि सुवेदी, नारायण पाण्डे, सङ्ग्रामजित लामा र पवित्रा भुर्तेलको नाम सिफारिस गरेको छ भने प्रदेशसभाको क्षेत्र नं १ बाट मुकुन्द लामा, ईश्वरी पौडेल, दिलीप तामाङ, नवीना लामा, दीपक गौतमलगायतको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं २ बाट कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, विष्णुप्रसाद खनाल, विदुर हुमागार्इंलगायतको नाम सिफारिस भएको छ ।

क्षेत्र नं ४ बाट वसुन्धरा हुमागार्इं, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, हरिशरण दाहाललगायतको नाम सिफारिस भएको छ । तर क्षेत्र नं ३ बाट कसैको नाम सिफारिस नभएको एमालेले जनाएको छ ।

माओवादी केन्द्रले बैठक जारी रहेको जनाउँदै केन्द्रको निर्णय पर्खेर बसेको जनाएको छ ।पार्टीका पोलिटब्युरो सदस्य दीनानाथ गौतमले निर्वाचनका लागि तयारी भएको उल्लेख गर्दै एमालेसँगको छलफल जारी रहेको बताउनुभयो । @रासस

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution