हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पहिचान र अधिकार प्राप्तीको दिन धेरै टाढा छैन-मोहन गोले तामाङ

-मोहन गोले तामाङ

नेपाली समाजमा एउटा चल्तीको उखान छ– माछा देख्दा कुरमा हात, सर्प देख्दा बाहिर हात । यो उखानले खासगरी अवसरवादीहरुलाई ब्यंग्य गर्दछ, जो प्राप्तीमा मात्रै अघि सर्छ । नेपालको आदिवासी आन्दोलनको नेतृत्व गरिरहेका नेताज्यूहरुको सन्दर्भले पनि पछिल्लोपटक यही उखानलाई चरितार्थ ग¥यो । जुनबेला जनजाति आन्दोलन उठेको थियो अर्थात उनीहरुले आन्दोलनमा माछा देखेका थिए, त्यतिबेला सबैले कुरमा हात लगाए । केहीले माछा समाते, पोलेर खाए । केही समयको लागि भुँडी भरे । आज भुँडी खोक्रा भएका छन् तर त्यहाँ गहुमन सर्प छ भन्ने एकाएक हल्ला चल्यो, प्रायोजित हल्ला चलाइयो । कुरमा माछा छैन भन्ने थाहा पाउनासाथ सबै नेतृत्व लाखापाखा लागे । कोही जोखिम मोल्न तयार भएनन् । सर्प मारियो भने फेरि कुरमा माछा आउँछ र स्थायी रुपले खान पाइन्छ भन्ने सत्य बिर्से । कुरमा सर्प पसेको हल्ला चल्न थालेदेखि हाम्रा जनजाति नेताहरु सर्प मार्न छाडेर अर्काले थापेको ढडिया वरिपरि झुम्मिन थालेका छन् । कोही झुम्मिदै छन् त कोही तछाडमछाडको क्रममा आफ्नो सीट सुरक्षित राख्न ढडियाभित्रै पसिसकेका छन् । लाग्छ, यतिबेला जनजातिभित्र लिगलिगे दौडको प्रतिष्पर्धा नै चलेको छ । यसक्रममा कसैले दुईटा त कसैले चारवटासम्म पार्टी चहारेको देखियो । यसलाई अर्को उखानमा जता मल्खु, उतै ढल्कु भन्नु पनि मिल्ने रहेछ ।

जनजाति भित्र आफ्नै खेल खेल्ने भन्दा पनि तमासे बन्ने र अर्काले दिएकोमा चित्त बुझाएर बाँच्ने परजीवी किर्नो संस्कृतिको विकास भयो । यसले आफू छुट्टै ढडिया थाप्ने र आफ्नै कमाईको माछा खाने बुद्धिको भाँडोमा सदाका लागि बिर्को लगायो । यसबाट हाम्रो जनजाति नेतृत्वलाई टेलिसिरियलको बल्छी ध्रुवे जस्तो कामचोर बनाउँदै लगेको छ । हुन त मैले यस्तो कुरा गर्दा हाम्रा नेताहरु एकीकृत आन्दोलनको ठूलो कुरा गर्नुहुन्छ । एकीकृत आन्दोलन गर्नको लागि पहिले आफ्नो शक्ति निर्माण हुनुपर्छ भन्ने कुरालाई दास मानसिकताले भन्न दिँदैन । सिंधै भन्छन्, जोगी बन्नलाई राजनीति गरेको होइन । तर हामी सबैले बुझ्नुपर्छ, यस्ता ब्यक्तिवादी तर्कले सामूहिकतावादमा विश्वास गर्ने जनजाति आन्दोलनको भविष्यसँग कुनैखालको साइनो, सम्बन्ध राख्दैन ।

मेरो लिखुरे गुनासोले भन्दछ, हाम्रा महासयहरुले जनजाति आन्दोलनलाई समयक्रम अनुसार विष्लेषण गर्दै अघि बढ्ने हुती राखेनन् । आन्दोलनले लिने अनेकौ खालको मोड, घुम्ती, अप्ठ्याराहरुलाई बुझ्न सकिएन भने निश्चय नै त्यसले नेतृत्वमा बिचलन र अन्यौलता ल्याउँछ । यसले दिमागमा बिकार भर्छ र निकासको सबै द्वारहरु समेत अवरुद्ध गरिदिन्छ । विस्तारै शासकीय प्रचारको शिकार बन्दै शरीरको सेलहरु मरे जस्तै उसमा भएको क्रान्तिकारी चेतना मर्दछ । त्यसपछि साहस र धैर्यताको ठाउँमा डर, त्रासले घर गर्छ । दुनियाँको मुक्तिको प्रश्नभन्दा उ सीमित परिवारको मायामा खुम्चिन थाल्दछ । परिवर्तनको संवाहक जनतालाई आफ्नो पार्टीलाई समर्थन नगरेको, भोट नहालेको आरोपमा भेडा भन्न थालिन्छ । जनतालाई भेडा बनाएपछि आफू के होइन्छ ? सामान्य हेक्का समेत राखिदैन । यसरी क्रमशः उ क्रान्तिमा डटेर लड्ने होइन, भागेर ज्यान बचाउने भगौडामा परिणत हुन पुग्छ । अहिले हाम्रो नेतृत्वमा देखिएको बिचलनले समात्न खोजेको लाईन यही हो ।

म जनजाति आन्दोलनको त्यति लामो इतिहासको बारेमा जानकार ब्यक्ति होइन, त्यसैले धेरै अघिको कुरा खोतल्न चाहन्न । प्रथम जनआन्दोलन २०४६ को सफलतापछि गोरेबहादुर खपाङ्गी लगायतका नेताहरुले आदिवासीको राजनीतिक शक्ति निर्माणमा जोड दिएपनि यसले सामाजिक तहमा मात्रै आन्दोलन उठायो । खासगरी नेपालमा जनजातिको पहिचान र अधिकारको सवालले २०६२÷६३ को जनआन्दोलनको सफलतापछि मात्रै राजनीतिक आकार ग्रहण गरेको हो । हामी सबैलाई दलका नेताहरुको सत्तामा जाने लालसाभन्दा पनि दोस्रो जनआन्दोलनको समावेशी लोकतन्त्र जिन्दाबादको नाराले एकैपटक सडकमा उता¥यो । यो नारालाई कसले सडकमा ल्यायो ? मलाई थाहा छैन । तर दलहरुले जे जस्तो भाषामा यसलाई परिभाषित गर्न खोजेपनि यसको मुल सार सबैको पहिचान, सबैको सम्मान भन्ने नै थियो । त्यस यताको ११ बर्षलाई पछाडि फर्केर हेर्दा २०६९ सम्म लगभग ७ बर्ष आदिवासी आन्दोलन प्रहारक अवस्थामा थियो । आदिवासी र मधेशीको यही शक्तिको संयुक्त फ्युजनबाट मुलुक सङ्घीयतामा गएको हो । ठूल केही दलले पनि गीत त गाए तर कार्यान्वयनको बखत तिनको खुट्टो एकाएक लुला भए । यसलाई मधेशको बलिदानीले लतार्दै सही बाटोमा हिँडायो ।

तर २०७० को निर्बाचनपछि आदिवासी आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो । मधेश आन्दोलनलाई पनि यही हालतमा पु¥याउने कोशिस गरिएको थियो तर मधेशीको रगतको भेलको अगाडि यो प्रयास फिका सावित भयो ।

जनजाति आन्दोलन यो अवस्थामा पुग्नुमा मुख्यतः दुईवटा कारण छन् । पहिलो कारण, दोस्रो संविधानसभाको निर्बाचनबाट संविधानसभामा पहिचान विरोधी शक्तिको उदय भयो । दोस्रो कारण, आदिवासी जनजातिको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघमा पनि दलीय भागबण्डाबाट तिनै शक्तिका भरिया पात्रहरु नेतृत्वमा पुगे । यसरी जनजातिको आवाज उठाउने दुईवटै तह (सडक र सदन) मा मुख थुनियो । उनीहरुले आन्दोलनलाई उठाउनुको सट्टा सांसदको लोगोसँग भजाउन नै उचित ठाने । लोगो बचाउन संविधानसभामा दर्ता गरेको संशोधन प्रस्ताव समेत फिर्ता लिए । जसले गर्दा न संविधानसभामा जनजातिको आवाज उठ्यो न महासंघको नेतृत्वमा सडकमा नै नारा गुन्जियो ।

यसलाई चिरेर अघि बढ्नको लागि मानवअधिकारवादी अगुवा नेता पद्मरत्न तुलाधरको नेतृत्वमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन गठन भयो । सम्झौताहीन आन्दोलनको घोषणा गरियो तर दलको इशारामा महासंघको तत्कालीन नेतृत्वले यसलाई पनि तुहाएरै छाड्यो । आदिवासी आन्दोलन खाल्डोमा हालेपछि यतिबेला नेतृत्वमा मात्रै बिचलन होइन, साँस्कृतिक चेतनामा समेत स्खलन आएको छ । कुनैबेला आदिवासीको ठूलो समूहले परित्याग गरेको हिन्दू पर्व दशैंको सम्बन्धमा जनजाति विद्वानहरुले जनजातिकै पर्व हो भन्ने ढंगबाट सस्तो लेखहरु छाप्दैछन् । सामाजिक आन्दोलनबाट उठेको शक्तिलाई राजनीतिक शक्तिले ब्यवस्थापन गर्दै अघि बढ्नुपथ्र्यो तर यसमा तालमेल मिल्न सकेन । जसको परिणाम मुलुकमा कसैले नसोचेको ६ प्रदेशलाई परिमार्जित गर्दै सात प्रदेशको अर्ध–सङ्घीयता लादियो । पश्चिममा सत्ताको बंशियार टिकाराम गौतमले बलिदानी दिँदा सातौ प्रदेशको अंश पायो । मधेशीले ठूलो लडाइँ लड्यो, दर्जनौले बलिदानी दिए तर एकातिर सत्ताधारीहरुको मधेशीसँग बंश मिलेन भने अर्कोतिर आदिवासी जनजातिको बलियो साथ र समर्थन नपाउँदा उसलाई पनि ८ वटा जिल्लाको २ नं. प्रदेशमा खुम्च्याउन बाध्य पारियो ।

अहिले स्थानीय तहको निर्बाचन सम्पन्न भई प्रदेश र संघको समेत निर्बाचनको मिति घोषणा भइसकेको छ । यो स्थानीय तहको निर्बाचनले भोली प्रदेश र संघको निर्बाचनमार्फत हुने सम्भावित दलीय आकारको चित्रलाई देखाइ सक्यो । यो चित्रबाट यथास्थितिका ठूला राजनीतिक शक्तिहरु आत्तिए । यसले दलहरुलाई दुई कित्ता (बाम धु्रवीकरण र प्रजातान्त्रिक धु्रवीकरण) मा विभाजन गरेको छ । तेस्रो दलभन्दा मुनिका साना दलहरु पनि अस्तित्व रक्षाको लागि धु्रवीकृत हुने दौडमा छन् । तर राजनीतिक शक्ति बनाउन नसकेका आदिवासी जनजातिहरु भने मेला भर्न हिडेको बिखर्ची बजारे जस्तै देखिएको छ । कुनै पसलमा समाना किनौ त गोजीमा सुको छैन, उधारो दिँदैनन् अनि यता र उता भौतारिदै छन् । दलका नेताहरु पनि के कम खाद्य संस्थानमा दशैंको खसी छाने जस्तो उचाल्ने र पछार्ने गर्दैछन् ।

राजनीतिक दलमा हेर्दा जनजातिको पुरानै चिरपरिचित एउटा शक्ति मात्रै फिल्डमा छ भने अर्कोतर्फ सामाजिक संगठनको नेतृत्व गरेका केही अगुवाहरु पनि प्रदेश र संघको निर्बाचनमा सांसदको लोगो भिर्नको लागि अग्रिम तयारी गरिरहेका छन् । उनीहरुमा राजाको मोहोर, ओहोर दोहोर भन्या जस्तो यताबाट उता जाने, उताबाट यता आउने खेल चलेको छ । हाम्रा नेताज्यूहरु जनजातिको मुद्दालाई स्थापित गराउन होइन, राजनीतिमा आफ्नो भविष्य खोज्दै दलसँग बार्गेनिङ गर्नमा ब्यस्त छन् । सांसद बन्ने, मन्त्री बन्ने, सातपुस्तालाई पुग्ने सम्पति बटुल्ने सपना देखिरहेका छन् । त्यसको लागि अहिलेदेखि नै पार्टीको कार्यक्रममा सहभागी हुने, नेताको घरदैलो चाहार्ने, सामाजिक संगठनको प्रोफाईल भजाउने जस्ता कामहरु तिब्र गतिमा गर्दैछन् । आफ्ना पार्टीका नेतालाई देखाउन प्रशस्तै सस्ता फोटाहरु फेसबुकमा सेयर गर्न थालेका देखिन्छन् । अझ दशैंको अवसर पारेर पार्टी नेताकोमा टीका थाप्न जानेको त लर्को नै लाग्यो ।

यतिबेला धेरै नाम चलेका जनजातिका हेभीवेट सेलिब्रेटीहरु हिजोका खुल्ला रंगमञ्चमा छैनन् । तिनलाई पद र अवसरले चौखु¥याएर राजनीतिक बेश्या जस्तो अर्कैको रंगमञ्चमा नाच्न बाध्य पारिएको छ । आफ्नो सेलो र रोधी घरमा ताल्चा मारेर अर्काको डबलीमा बालन नाचेको दृष्य आजकल धेरै ठाउँमा देख्न सकिन्छ । त्यही दिनदेखि तिनको मुखमा फ्याफूल्ला र छ्याजोलो हराएर लालसलाम र जयनेपाल झुण्डिएको छ । शायद डान्सबारमा नाच्ने नतर्की र उनमा खासै तात्विक भिन्नता देखिदैन । केहीले यही संख्यालाई देखाएर भन्न थालेका छन्, अब जनजाति आन्दोलन सकियो । अब पहिचानको कुरा उठाउनु बेकार छ । तर केही जीवितहरुले सयौ लासको थुप्रोभित्रबाट झिनो आवाज बोल्दैछन्– हामी ज्यूँदै छौ, हाम्रो आन्दोलन जारी छ । शासकीय भाष्यले थुप्रोमा लपेटिएका जति सबैलाई मरेको भन्दछ । त्यहाँ उसले ज्यूँदालाई खोज्ने, छुट्याउने प्रयास गर्दैन । चार जना मान्छे किनेपछि उ सबैलाई किनिसकेको आत्मरतिमा विश्वास गर्दछ । वास्तवमा यो नै उसको लागि गम्भीर गल्ती हुन्छ र विस्तारै उ आफैले आफू पुरिने खाल्डो खन्दछ । क्रान्तिमा दुई, चार लोभीपापीहरु किनबेच हुन्छन् । यो स्वभाविक प्रक्रिया हो तर जनताको क्रान्ति कहिल्यै बिक्री हुँदैन र यो साटिदैन । यो त आन्तरिक अन्तर्विरोध र किनबेचको सौदाबाजीबाट अझ खारिदै उचाईतर्फ लम्किन्छ । यसको लागि समय यति नै लाग्छ भन्ने हुँदैन । समय अलि लम्बियो भन्दैमा आत्तिनेहरुले परिवर्तनको क्रान्तिलाई अन्तिम समयसम्म बोक्न सक्दैनन् । त्यसैले क्रान्तिकारीहरु यसबाट निराश हुनु हुँर्दैन ।

यत्ति हो, समुदायको क्रान्तिलाई अघि बढाउँदा हामी हाम्रो साध्य (लक्ष्य), धरातल

(बैचारिक आधार) र साधन (हतियार) को सम्बन्धमा भने प्रष्ट हुनैपर्छ । जसरी एउटा बच्चा आमाको काखलाई आधार बनाउँदै दूध र मातृ वात्सल्यको साधनलाई उपयोग गरेर तन्नेरी बन्दछ । क्रान्तिमा पनि यही नियम लागू हुन्छ । घोषणा गर्दैमा क्रान्ति हुँदैन, भएपनि त्यस्तो क्रान्ति टिकाउ हुँदैन । यही तीन पक्षमा स्पष्ट नहुँदा दुई हजार बर्ष अघि रोममा दास नायक स्पार्टाकसले गरेको बिद्रोह असफल भएको थियो । पेरिस कम्युनको बिद्रोह ७२ दिनभन्दा बढी नटिक्नुको कारण यही थियो । इतिहासमा लखन थापादेखि यहाँसम्म आइपुग्दा थुप्रै आदिवासी नेतृत्वले पहिचान र अधिकारको लागि बिद्रोह गरे तर सबै असफल हुनुको कारण पनि यही हो । अहिले जनजाति नेतामा देखिएको बिचलन र अन्यौलता पनि यही कमजोरीसँग जोडिएर आएको छ । नश्लवाद बिरुद्ध लड्न फेसबुकमा हतियार मागिरहेका हजारौ आदिवासी युवाहरुलाई हामी आदिवासी दिवसको नाममा घुयत्रो र धनुकाण हान्न सिकाउँदैछौ । अब ती युवाहरुको आक्रोशले धेरै समय पहिचान विहीन भएर रहन सक्दैन । पाँचदेखि दशबर्ष भित्रमा उनीहरुलाई बैचारिक हतियार निर्माण गरेर दिन सकिएन भने त्यो चेतनाले फलामको बन्दूक समात्न बाध्य हुनेछ । यस्तो भयो भने मुलुकमा कसैले नसोचेको दुर्घटना निम्तिन सक्छ ।

तसर्थ, अब जनजाति आन्दोलनको गम्भीर समिक्षा गरौं । क्रान्ति र समयले विकास गरेको राजनीतिक उपलब्धिलाई सतहमा होइन, गहिराईमा पुगेर बिश्लेषण गर्नु जरुरी छ । साध्य प्राप्तीको आधारहरुलाई बलियो बनाउँदै, बैचारिक साधनलाई अझ तिखारेर अघि बढ्न सकेमा पहिचान र अधिकार प्राप्तीको त्यो दिन धेरै टाढा छैन ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution