इजरायलमा वलिहाङ तङ्नाम किराँत येले तङ्बे ५०७७ भव्यताको साथ मनाउने तयारी
तेलअविव – प्रवास भुमि इजरायलमा किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा “हरेक संस्कृति भित्र सबै मानव जातीहरुको आ-आफ्नो पहिचान र अस्तित्व हुन्छ । त्यहीँ पहिचान र अस्तित्व बोकेका एक जाती हुन याक्थुङ” भन्ने मुल नारा सहित किराँत याक्थुङहरुले परम्परा देखि नै चल्दै र मनाउदै आएको मौलिक चाड “वलिहाङ तङ्नाम “किराँत येले तङ्बे ५०७७” गएको वर्षहरुमा झै यो वर्ष पनि विधिवत तवरले आउँदो अक्टोबर २० तारिख २०१७ (शुक्रबार) बेलुकी ९:३० बजे देखि लेबेनस्कि ९९ नयाँ विल्डिङ ८/३२ मा धुमधामका साथ मनाउने भएको छ ।
किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको नाम्लिङ्गेक/लारिङ्गेक (देउसी/भैलो) कार्यक्रममा सम्पुर्ण याक्थुङबा,याक्थुङमा लगायत इजरायलमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितको लागि हार्दिक निमन्त्रणा गरेको छ |