डलरको भाउमा ह्वात्तै बृद्धि

काठमाडौं, १९ असोज- यो साता अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैकले बिहीबारका लागि एक अमेरिकी डलरको भाउ १०४ रुपैयाँ २९ पैसा तोकेको छ । साताको सुरुमा डलरको भाउ १०५ रुपैयाँ ११ पैसासम्म पुगेको थियो । लामो समयदेखि डलरको भाउ १०२ रुपैयाँको हाराहारीमा रहेको थियो ।
अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ । १४ बर्षअघि सरकारले एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ ।
चीनको अर्थतन्त्रमा संकुचन आएको तथ्यांक सार्बजनिक भएपछि डलर बलियो हुँदै गएको बिश्लेषकहरुले बताएका छन् ।