माओवादीलाई सरकारमा बस्ने अधिकार छैन : सिँचाईमन्त्री

सिँचाईमन्त्री एवं कांग्रेस वर्दियाका सभापति सञ्जयकुमार गौतमले माओवादी केन्द्र सरकारमा बस्ने नैतिकता गुमाइसकेको बताएका छन् ।
माओवादी केन्द्र द्वैध चरित्रको पार्टी भएकोले नैतिकता नरहेकोले सरकारमा बस्ने अधिकार नरहेको बताए । वाम पार्टी एक भए पनि प्रजातन्त्रमा विश्वास राख्ने कांग्रेस भने आत्तिनु पर्ने कारण नै नभएको उनको भनाइ छ । मुलुकमा प्रजातन्त्र ल्याउने मुख्य पार्टी कांग्रेस २००७ सालदेखि जनताको साथमा रहेर मुलुकमा आमुल परिवर्तन गर्ने पार्टी भएकोले जनमत बलियो भएको उनले बताए ।
बिहीबार गुलरियास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै सभापति गौतमले प्रजातान्त्रिक शक्ति एक भई निर्वाचनमा बहुमत ल्याएर छाड्ने बताए । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि तयार रहन उनले निर्देशन दिए ।