नेपाली समुदायले अष्ट्रेलियामा बौद्धस्तुपा निर्माण गर्ने

अष्ट्रेलियामा पशुपतिनाथ र बौद्धस्तुपा निर्माण गरिने भएको छ । हिन्दु धर्मालम्वीहरुको आस्था आराध्यदेव पशुपतिनाथ र बौद्धमार्गीहरुको आस्थाको केन्द्रविन्दु बौद्धस्तुपा अष्ट्रेलियाको राजधानी सिड्नीमा निर्माण गर्न लागिएको हो ।
अध्ययन तथा व्यवसायको क्षेत्रमा अष्ट्रेलियामा ठुलो संख्यामा नेपालीहरु रहेका छन् । नेपाली हिन्दु समाज अष्ट्रेलियाले दशैं र तिहारको अवसर पारेर पशुपतिनाथ र स्तुपाको निर्माण गर्ने घोषणा गरेको छ । मन्दिर र स्तुपा निर्माणका लागि समाजले आर्थिक सहायता संकलन शुरु गरिसकेको छ ।
नेपालीहरुको संख्या अष्ट्रेलियामा बढ्दै गएको जनाउदै समाजले नेपाली समाजको आस्थालाई परदेशमा पनि बचाईराख्न गौतम वुद्ध स्तुपा र पशुपतिनाथ मन्दिरको निर्माण गर्न लागिएको समाजले जनाएको छ ।
सिड्नीमा निर्माण गरिने मन्दिर र स्तुपाको निश्चित ठाँउ भने एकिन नभएको बताईएको छ । निर्माणको अवधि र लागत निक्र्यौल हुन बाँकी रहेको समाजले जानकारी गराएको छ । अष्ट्रेलियामा रहेका नेपाली हिन्दु समुदायले भारतिय नागरिकहरुबाट निर्मित मन्दिरमा पुजाआजा गर्दै आईरहेका छन् ।