हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा तिहार सांगीतिक साँझ २०७४ कार्यक्रमको आयोजन ,ज्योति मगर आउने

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको मुल आयोजक तथा इजरायल स्थित विभिन्न १० वटा संघसंस्थाहरुको सह-आयोजकत्वमा नेपालीहरुको महान चाड शुभ-दिपावलीको पवन अवसरमा “न मर्छ कला,न मर्छन कलाकार,,फैलाउने हाम्रो परम्परा अनि संस्कार”भन्ने सन्देशका साथ सामुहिक तिहार सांगीतिक सांझ २०७४ ” कार्यक्रम यहि आउँदो २० अक्टोबर २०१७ (शुक्रबार)  बेलुका  ७ बजे देखि तेलअभिव स्थित हगना – १३५ बेतबारबर हलमा आयोजन गरिएको छ |

तिहार सांगीतिक सांझ सभ्य,भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित कलाकार गायिका / मोडल ज्योती मगर र पप गायक नवराज बस्नेतको मनमोहक प्रस्तुतिले मनोरञ्जन गराउनुका साथै इजरायलवासी स्थानीय कलाकारहरुको गायिकी,नृत्य र नाट्य जोडदार प्रस्तुति रहने भएको छ ।
 
सामुहिक तिहार सांगीतिक सांझ २०७४” कार्यक्रमको उदेश्य नेपालका दिनदुखी तथा पीडित कलाकारहरुको सहयोगार्थ भएको हुँदा,इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका सांगीतिक,साहित्यिक,सामाजिक,राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मीहरूमा उपस्थित भई कार्यक्रममा प्रत्यक्ष,अप्रत्यक्ष आ-आफ्नो ठाउँबाट सकेको सहयोग गरि दिनुहुन मंचले अनुरोध गरेको छ |
 
कार्यक्रमलाई सहकार्य गरि भब्य बनाउनको लागि इजरायलमा रहेका विभिन्न संघ-संस्था/संगठनका नेतृत्ववर्गहरुमा पत्राचार गरेकोमा कतिपय संस्थाका प्रतिनिधिहरुले आफ्नै संस्थाको बिधान र विभिन्न कारणवस सहकार्य गर्न नसक्ने मौखिक जानकारी गराउनु भएको भएपनि बाकी छुट्नु भएका संघ-संस्थाहरु छन् भने सह-आयोजकम बस्नको लागि सम्पर्ण गर्न समेत अनुरोध गरेको छ |
 
 कार्यक्रम स्थलसम्म जान र आउँन नि:शुल्क बसको व्यवस्था रहेको छ भने कार्यक्रमको टिकट शुल्क १०० सकेल रहेको छ |वर्ष दिनको तिहारको पवन अवसरमा सबै नेपाली एकै ठाँउमा परिवारीक सद्भावना कायम राख्दै रम्न र रमाउन, इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनी तथा सबै बिधाका कलाकार,कलाप्रेमिहरुमा उपस्थितिको लागि आयोजकको तर्फबाट हार्दिक निमन्त्रणा गरेको छ |
आयोजक :
 
१) अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा
सह-आयोजकहरु
१) लुम्बिनी कपिलवस्तु दिवस अभियान इजरायल
२) राष्ट्रिय तामाङ घेदुङ इजरायल
३) झापाली समाज इजरायल
४) नेपाल मगर संघ इजरायल
५) प्रबासी सृजनसिल महिला समुह
६) नेपाली नारी आवाज इजरायल
७) नारीका लागि नारी एक करोड अक्षयकोष
८) इजरायल गोर्खा एसोसिएसन
९)भोजपुर सेवा समाज इजरायल
१०)नमस्ते नेपाल हातेमलो सामाजिक संस्था इजरायल ।
 
थप जानकारीको लागि सम्पर्क 
 
सीता घिसिङ – 0546190768
पेमा लामा – 0537192886
दाना श्रेष्ठ – 0549405431
कुमार आङ्देम्बे (अबि) – 0543462324
 
टिकटको लागि सम्पर्क
अनिल सिंह राजपुत – 0584218777
रमन अधिकारी – 0547125536
धर्म भण्डारी – 0502820116
 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution