हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

लोकतान्त्रिक शक्तिसँग तालमेलका लागि को को आउँलान्? कांग्रेसले थाल्यो पहल

काठमाडौ। वाम गठबन्धन पार्टीहरुले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेसँगै नेपाली कांग्रेसले पनि तालमेलका लागि पहल थालेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार बिहानै प्रधानमन्त्री निवास बालुवाटरमा सरकारमा रहेका र बाहिरका लोकतान्त्रिका पार्टीका शीर्ष नेताहरुलाई बोलाएर तालमेलका लागि छलफल गरेका हुन्। प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्मशेर राणा लगायतका नेतासँग छलफल गरेका हुन्।

प्रधानमन्त्रीको प्रस्तावलाई सबै नेताहरुले सकारात्मक लिएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए। लोकतान्त्रिक दलहरुसँग कसरी तालमेल गरेर जाने भन्ने बिषयमा अहिले नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक बसिरहेको छ।निर्वाचन अहिलेकै सरकारले सम्पन्न गराउने देखिएको छ। प्रधानमन्त्री देउवाले अहिलेको सरकारले नै निर्वाचनसम्म निरन्तरता दिने बैठकमा जानकारी दिएको नेता निधिले बताए।

उनले भने ‘निर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ, त्यसैले अहिले सरकार परिवर्तन हुँदैन यही सरकारले निर्वाचन गराउने प्रधानमन्त्रीले बताउनुभएको छ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री देउवाले प्रधानमन्त्री पद दिन पनि आफूहरु तयार रहेको र निर्वाचनसम्म सँगै जाउ भने पनि नमानेको बैठकमा प्रधानमन्त्रीले जानकारी गराएका थिए। निधिले भने,‘ प्रचण्डले पचास प्रतिशत हिस्सा खोज्नु भयो र त्यो दिन नमानेपछि एमालेसँग एकता गर्न जानुभयो |

@ रमेश वाग्ले/बिजमाण्डू






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution