हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

लस भेगसमा आक्रमण गर्ने प्याडककी केटी साथीलाई अमेरिका झिकाइयो

लस भेगस, असोज १८ । अमेरिकी सहर लस भेगसमा आइतबार राति भीषण आक्रमण गरी कम्तीमा ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटी साथीलाई अमेरिकी झिकाइएको छ ।

अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । यसैक्रममा उनलाई पनि अमेरिका झिकाइएको हो । प्रहरीले उनीहसँग आवश्यक सोधपुछ गर्ने जनाइएको छ ।

प्रहरीले भनेको छ–‘के–कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्नेबारेमा अनुसन्धान जारी छ, सोहीक्रममा उनकी केटी साथी मार्लाे डेन्लीसँग पनि सोधपुछ गरिनेछ ।’

मार्लाे हाल फिलिपिन्समा बस्दै आएकी छन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी करिब २० वर्षअघि क्यासिनोमा काम गर्न भन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले मंगलबारमात्र जानकारी दिएको थियो ।

आक्रमणमा प्रारम्भिकरुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टि भएको छ । उनले लस भेगसमा आइतबार राति भएको कन्सर्टको समयमा जम्मा भएका सयौं व्यक्तिमाथि गोली चलाएका थिए ।

उनले चलाएको अन्धाधुन्द गोलीबाट ५९ जनाको ज्यान गएको छ भने अरु ५०० भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२औं तलाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए ।

अमेरिकी प्रहरीले भनेको छ–‘६२ वर्षीया मार्लाेलाई हिरासदमा लिइने छैन र उनी जहाँ उपस्थित हुन चाहन्छिन्, सोही स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौं ।’

प्रहरीले उनीसँगको सम्बन्धकाबारेमा बुझ्नेछ । साथै, प्याडकको विगतको बानी–व्यहोरोकोबारेमा पनि उनीसँग बुझ्ने बताइएको छ ।

प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटी साथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको छ । सोही कारण पनि उनीसँग सो कुरा बुझ्न खोजिएको हो ।

अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाइ छ । यसले लस भेगसमात्र नभइ अमेरिका नै स्तब्ध भएको बताइएको छ ।

उक्त गोलीकान्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्नेबारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
घाइतेको उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, आधुुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् ।

उता, सो घटनामा आइएसले जिम्मेवारी लिएको भएपनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी भनाइ छ ।
प्रहरीले उक्त आक्रमणकारीको विगतमा आतंककारीसँग कुनै संलग्नता रहेको सूचना भेटेको छैन ।

आइएसले भने संगठनको आग्रहमा नै उक्त हमला भएको जनाएको छ । यसको जिम्मेवारी पनि आइएसले लिने पनि विभिन्न सन्चारमाध्यमहरुमा उनीहरुले पठाएका छन् । रासस/एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution