नेपाल तामाङ घेदुङ साईप्रस प्रथम वार्षिकोत्सव मनाउदै
प्रवासी भुमि साईप्रसमा “तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले आउँदो २०१७ अक्टोबर १५ तारिख आइतबारका दिन “प्रथम वार्षिक उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम” निकोसियामा बिहान ११ बजे देखि आयोजना गरेको महासचिव मनमाया तामाङ (माया लोप्चन)ले जानकारी दिनु भएको छ |
समय मिलाउनु भई कार्यक्रममा उपस्थित भइदिनु हुन नेपाल तामाङ घेदुङ साईप्रसका सदस्यहरु सम्पूर्णमा नेपाल तामाङ घेदुङ साईप्रस हार्दिक निमन्त्रणा गरेको छ |
नयॉं सदस्य बन्न चाहानु हुनेले सदस्यता फारम भर्न व्यवस्था रहेको जानकारी समेत घेदुङले जनाएको छ |