राम रहीम सिंहकी पे्रमिका भनिएकी हनीप्रीतलाई हरियाणा प्रहरीले पटियालाबाट गिरफ्Þतार

काठमाडौं । डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम सिंहकी पे्रमिका भनिएकी हनीप्रीतलाई हरियाणा प्रहरीले पटियालाबाट गिरफ्Þतार गरेको छ । बलात्कारको मुद्दामा दोषी ठहर गरिएका राम रहीमलाई कारागार चलान गरेपछि हनीप्रीत फरार थिइन् । प्रहरीले उनलाई बुधवार अदालत पेश गरिने बताएको छ । पञ्चकुलाका प्रहरी प्रमुख एसएस चावलाले बुधवार अदालतमा पेश गरेर अनुसन्धानका लागि हिरासतमा राख्न अनुरोध गरिने बताएका छन् ।
स्थानीय पत्रकार रवीन्दर सिंह राबिनलाई उधृत गर्दै बीबीसीले हनीप्रीतसँगै एक महिला पनि प्रहरीले गिरफ्Þतार गरेको जनाएको छ । राम रहीमलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गर्दै जेल चलान गरेपछि पञ्चकुलामा भड्किएको हिंसात्मक आन्दोलनमा दोषी ठहर गर्दै प्रहरीले उनको खोजी गरिरहेको थियो । प्रहरीले उनको खोजीका लागि नेपाल–भारतका विभिन्न सीमा क्षेत्रमा पोष्टर समेत लगाएको थियो । भारतीय प्रहरीले हनीप्रीत नेपालको बाटो हुँदै तेस्रो मुलुक गएको आशंका गरेको थियो ।
हनीप्रीतमाथि डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई दुई महिला श्रद्धालुलाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर गरिएपछि हिंसा भड्काउने र देशद्रोहको आरोप लगाइएको छ । गुरमीत राम रहीमलाई पञ्चकुलाको अदालतले यौन शोषण मामिलामा दोषी ठहर गरेपछि हरियाणा र पञ्जाबमा हिंसा भड्किएको थियो । राम रहीमलाई अदालतले बलात्कार मुद्दामा २० वर्ष जेल सजाय सुनाएको छ ।
हनीप्रीतले आफूलाई निर्दोष भएको दावी गरेकी छन् । राम रहीमसँग अत्यन्तै घनिष्ट सम्बन्धमा रहेकी हनीप्रीतले आफूमाथि लगाइएका आरोपको बचाउका लागि कानुनी सल्लाह लिने बताएकी छन् । उनीमाथि देशद्रोहको मुद्दा चलाइएको छ । उनले राम रहीमसँग जोडिएका सम्बन्धका बारेमा पनि सफाई दिँदै आफूहरुबीच अत्यन्तै पवित्र साइनो रहेको दावी गरेका छन् ।
केही दिनअघि उनले दायर गरेको अग्रिम जमानतको रिट दिल्ली उच्च अदालतले खारेज गरिदिएको थियो । हनीप्रीतले आफूमाथि लगाइएको दंगाफसादको आरोपको खण्डन गर्दै भनिन्, ‘‘दंगाका बेला मैले कसैसँग केही भनेको र केही गरेको भिडियो क्लिप देखाउनुस्, केही मानिसहरुलाई षड्यन्त्र गरेर दंगा भड्काउन पठाइएको थियो ।’’