लिक भयो सहमतिपत्र प्रचण्ड राष्ट्रपति, ओली प्रधानमन्त्री, माधब पार्टी अध्यक्ष अरु के बन्दैछन् (सूचीसहित)

सबै बामपन्थी दलहरु एकीकरण हुनेगरी हस्ताक्षर हुन लागेको सहमतिपत्र लिक भएको छ । प्राप्त जानकारी अनुसार पार्टी एकीकरणपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भावी प्रधानमन्त्री तथा पार्टीको बरिष्ठ नेता रहनेछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भावी राष्ट्रपति तथा पार्टीको बरिष्ठ नेता रहनेछन् ।
यसैगरी एमाले नेता माधबकुमार नेपाल पार्टीको अध्यक्ष रहने । बरिष्ठ नेताहरु झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मोहनबिक्रम सिंह, सीपी मैनाली, मोहन वैद्य र उपाध्यक्षहरुमा बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, उपेन्द्र यादव, प्रकाशचन्द्र लोहनी, जयप्रकाश गुप्ता रहनेछन् । अन्य पदहरु महासचिब, सचिब लगाएतमा पछि निर्णय गर्नेगरी सहमतिपत्र तयार भएको छ ।@janabolinews