हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

हृदयस त्रिपाठीले पार्टी छोड्दा गृहजिल्लामा तहल्का

राजपाका शीर्ष नेता हृदयस त्रिपाठीले पार्टी परित्याग गरेपछि गृह जिल्ला नवलपरासीमा राजपाको राजनीतिक भविष्यकै बारेमा टिका टिप्पणी सुरु भएको छ । मधेस बाहुल्य रहेको परासी क्षेत्रका शिर्ष नेताले नै पार्टी छोडेपछि राजपाका नेता कार्यकर्तामा अन्यौलता छाएको छ ।

राजपाका नेता कार्यकर्तामा मात्र होईन कांग्रेस , एमाले, माओवादी केन्द्र लगाएतका राजनीतिक वृत्तमा समेत अनेकौ अड्कलबाजी काट्न सुरु भएको छ । अधिकांशले स्वार्थी राजनीतिमा सिद्धान्तको भन्दा चुनाव केन्द्रित राजनीति भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका छन् भने एमाले नेता कार्यकर्ताले मधेसमा एमालेको वर्चस्व रहेको दाबीसहित सामाजिक सञ्जालमा त्रिपाठीलाई स्वागत गरेका छन् ।

राजपा नवलपरासीका संयोजक पुरन चौधरीका अनुसार पार्टीमा बस्ने वा छोड्ने ब्यक्तिको नैसर्गिक अधिकारको विषय भएकाले यसलाई सामान्यरुपमा लिएको प्रतिकृया दिए  । ‘उहाँ हाम्रो पार्टीको नेता हुनुहुन्थ्यो, हामी ब्यक्तिको पछि होइन पार्टीको सिदान्तको पछि लाग्ने भएकाले बैकल्पिक नेतृत्व चयन गर्न थालेका छौ ’ उनले भने, ‘राजपाका नेता कार्यकता विचलित बनेका छैनन्, व्यक्तिगत सहयोगीले बाहेक अरु कोही पनि त्रिपाठीको कदममा सहयोग गरेका छैनन् । ’

व्यक्तिगतरुपमा प्रदेश नम्बर ५ अन्र्तगतको स्थानीय तहको पहिलो चरणमा सम्पन्न चुनावमा नै राजपा सहभागि हुने इच्छा ब्यक्त गरेपनि पार्टी भित्र कुरा नमीलेपछि त्रिपाठी असन्तुष्ट बनेका थिए । दोसा्रे संविधान सभाको चुनावमा नवलपरासी जिल्लाको तत्कालिन ६ नम्बर निर्वाचन क्षेत्रबाट त्रिवाठी काग्रेसका देवकरण कलवार संग ठुलो मतान्तरले पराजीत भएका थिए ।

राजनीतिक विश्लेकहरुका अनुसार आगामी निर्वाचनमा राजपा बाट चुनाव लड्दा पराजित हुने डरले त्रिपाठी एमाले संग मिलेर गृह जिल्लाबाट चुनाव जित्ने दाउ.मा रहेको बताउछन् । प्रदेश र केन्द्रिय चुनावपछि मात्र त्रिपाठीले छुट्टै पार्टी खोल्ने वा अन्य कुनै कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने निक्यौल हुने विश्लेषकहरु बताउँछन् ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution