हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नेपाल तामाङ घेदुङ इजरायलको वार्षिकोत्सव र सोनाम ल्होछार-२०१८ भव्यताको साथ मनाउने

 

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले संस्थाको तेश्रो वार्षिकोत्सव र सोनाम ल्होछार २०१८ कार्यक्रमको लागि मिति तय गरेको छ |

संस्थाको तेश्रो वार्षिकोत्सव कार्यक्रम आउँदो १७ नोभेम्बर २०१७ (शुक्रबार) र तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक महान पर्व सोनाम ल्होछार २८५४ नागी ल्हो (कुकुर वर्ग) को पावन अवसरमा साँस्कृतिक कार्यक्रम आगामी १९ जनवरी २०१८ (शुक्रबार) का दिन आयोजन गरी भव्यताको साथ तेलअविवमा मनाउने भएको छ |

घेदुङ इजरायलका अध्यक्ष माया तामाङ (दिप्मा) को अध्यक्षतामा १ अक्टोबर २०१७ (आइतबार) बसेको अनलाइन बैठक द्वारा दुवै कार्यक्रमको मितिबारे निर्णय गरेको हो | कार्यक्रम स्थल भने यथासिघ्र तय गरी सार्वजनिक गर्ने भएको छ |

इजरायलमा रहनु भएका सम्पूर्ण तामाङ नानाभुरिंङ र ज्योज्यो आलेहरुलाई एकै थलोमा साझा रुपमा ल्होछार कार्यक्रम मनाउन घेदुङले सबैलाई आव्हान र निमन्त्रणा गर्ने बैठकले निर्णय गरेको छ |

बैठकमा घेदुङ इजरायलका संरक्षक बी बी लामा तामाङ , प्रमुख सल्लाहकार कल्पना मोक्तान तामाङ,सल्लाहकार मिश्री योन्जन तामाङ,अन्तराष्ट्रिय तामाङ परिषदको केन्द्रिय सदस्य (इजरायल प्रतिनिधि) सुन्दर सिंह लामा तामाङ,धार्मिक विभाग प्रमुख लामा थुप्तेन योन्जन तामाङ,अनुशासन विभाग प्रमुख उर्मिला लामा पाख्रिन तामाङ लगायत घेदुङ इजरायलका पदाधिकारीहरुको अनलाइन उपस्थित रहेको थियो |

घेदुङको अनलाइन बैठक महासचिव गोमा ख्युङबा तामाङ र उपमहासचिव अनिला मोक्तान तामाङले पालैपालो संचालन गरेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution