हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

विदेश पढ्न जानुअघि ध्यान दिनुपर्ने कुरा

नेपालमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको ताँती देखिन्छ । पढ्न पाउने कन्फर्मेसन लेटर आयो कि त उनीहरूको दौड पासपोर्टमा दूतावास भिसाको छाप लगाउनतिर हुन्छ । यद्यपि विदेश जानुअघि ख्याल गर्नुपर्ने कुरामा ध्यान नदिँदा धेरै विदेश पुगेर पनि पछुताइरहेका पाइन्छन् । आफूले जान्नु र बुझ्नुपर्ने कुरा पनि कन्सल्टेन्सीककै भरमा जिम्मा लगाउँदा पनि पछि समस्या हुने गरेको छ ।

विदेशका केही कलेजमा अरू देशका लागि छुट्याइएको विद्यार्थी कोटामा फरक–फरक कन्सल्टेन्सीहरूले फरक–फरक संख्यामा विद्यार्थी पठाइरहेको पाइन्छ, यो अहिलेको सबैभन्दा ठूलो समस्या हो । यहाँबाट जाँदा कोटामा रहेको ढुक्क भए पनि कलेजमा पुगिसकेपछि मात्र उनीहरूले आफूले कलेजमा एड्मिसन नपाएको जानकारी पाउँछन्, जसले गर्दा नेपाल फर्कन पनि समस्या हुन्छ भने पढ्नका लागि तल्लो स्तरको विश्वविद्यालय छान्नुको विकल्प हुँदैन । यी कुरामा विशेष सर्तक रहनुपर्छ । अध्ययनका लागि विदेश जानुअघि सम्बन्धित विश्वविद्यालयले पठाएको कागजात तथा उसको अनलाइनमा भएका कुरा राम्रोसँग हेर्नुपर्छ ।

स्वभावैले नेपालीहरू हतार गर्ने खालका हुन्छन् । सुरुमा हतार गर्ने र पछि पछुताउने स्वभाव धेरैमा हुन्छ । विदेश जाने हतारमा ‘क’ देखि ‘ज्ञ’ सम्मका सबै कुरा कन्सल्टेन्सीलाई जिम्मा लगाइन्छ । बुझ्नुपर्ने कुरा के हो भने कन्सल्टेन्सीले कन्फर्मेसन लेटर तयार गरिदिने मात्र हो, तर पैसाको प्रलोभनमा भिसादेखि हरेक कुरामा उनीहरूले लिडिङ गरिरहेका हुन्छन्, जसले गर्दा पैसा नलाग्ने र विद्यार्थी आफैंले गर्न सक्ने काममा पनि अनावश्यक पैसा खर्च भैरहेको हुन्छ ।

अर्को समस्या भनेको विदेश जानुअघि लिएको नो अब्जेक्सन लेटरअनुसारको अध्ययन स्वीकृति र त्यहाँको फरक पढाइ हो । उदाहरणका लागि नेपालमा प्लस टुमा व्यवस्थापन पढी सोहीअनुसारको डिप्लोमा गर्ने नो अब्जेक्सन लेटर लिएर पछि अन्य टेक्निकल विषय पढेको पाइन्छ । यस्ता विद्यार्थीलाई नेपाल फर्किएपछि सम्बन्धित परिषद्ले दर्ता नगर्ने हँुदा उनीहरूले मान्यता पाउँदैनन् ।

नेपाली विद्यार्थी झुक्किने अर्को समस्या भनेको १० जोड २ सकेपछि सीधै स्नातक तहमा भर्ना हुन पाउनु हो । कतिपय डिप्लोमामा धेरै वर्ष अध्ययन गर्नुपर्ने हुँदा छात्र–छात्राहरू सिधै माथिल्लो तह अध्ययन गर्न चाहन्छन्, जसका लागि अझ लामो समय लाग्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution