मन परेको मान्छेलाई खुसी बनाउन यसो गर्नुस्

एजेन्सी – हुन त राम्रो मानिस बन्नका लागि कुनै तयारी गर्ने भन्ने कुरा हुँदैन तर कुनै केटीसँग रोमान्स गर्नुछ भने केही कुरामा ध्यान त पु–याउनैपर्छ । यी कुरामा ध्यान दिनुभयो भने केटी तपाईंप्रति पक्कै आकर्षित हुन्छिन् ।
कुनै केटीसँग डेटमा जानुभएको छ भने आफू सच्चा छु भनी भरोसा दिलाउनुस् । उनीसँग लामो सम्बन्ध कायम हुनेछ भनी विश्वास दिलाएपछि उनले के सोच्छिन् उनैको जिम्मामा छोडिदिनुस् ।
उनको कुरा सधैं सुन्नुस् । एकअर्काको खुशीमा समावेश हुनुस् । उनको कुनै साथी आएमा झिँझो नमान्नुस् ।
तपाईंको जिन्दगी मस्त छ भन्ने थाहा पाएमा केटीहरू खुशी हुन्छन् । चिन्तित केटालाई केटीले मन पराउँदैनन् ।
उनका हरेक ससाना कुरामा ध्यान दिने नगर्नुस् । प्राइभेसीलाई सम्मान गरेर उनले लुकाउन खोजेको कुरा कोट्याई कोट्याई नसोध्नुस् ।
उनीसँग भेट्न जाँदा समयमै पुग्नुस् । लूकमा ध्यान दिनुस् । जे पायो त्यही कपडा नलगाउनुस् ।
उनलाई राम्रो ठाउँमा मजाले डुलाउनुस् । स्तरीय रेस्टुराँमा खाना खुवाउनुस् । बाइक राइड गराउनुस् । सरप्राइज दिनुस् । अरू केटीहरूको पछि नलाग्नुस् ।