एमालेसँग तालमेलभन्दा पार्टी एकता सजिलो: अनन्त

१५ असोज, रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेसँग पार्टी एकता गर्न सकिने बताएका छन् ।
प्रेस सेन्टर रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा अनन्तले भने, ‘एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकता गर्न सजिलो छ ।
दुबै दल समाजवादी क्रान्तिको बाटोमा अगाडि बढेकाले पार्टी एकताको सम्भावनालाई नकार्न नसकिने अनन्तको भनाइ छ । ‘दुवै पार्टीले पुँजीवादी क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्ति पूरा गर्न अगाडि बढ्ने बताएका छन्,’ अनन्तको भनाइ उद्धृत गर्दै नविनले भने, ‘पार्टी एकता हुनसक्छ । चुनावपछि बहस गर्न सकिन्छ ।’
एमाले र माओवादीले अब समाजवादी क्रान्तिको बारेमा बहस गर्नुपर्ने उनको भनाई छ ।