हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्र लगायत बाम पार्टीसँग सहकार्य गर्ने

काठमाडौं– नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बामपन्थी दलहरुसँग सहकार्य र तालमेल गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा एमाले स्थायी समितिको आइतबार विहान बसेको बैठकले आगामी निर्वाचनमा बाम पार्टीहरुसँगै तालमेल र सहकार्य गर्ने निर्णय गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।

केही दिनअघि बसेको एमाले केन्द्रीय समिति बैठकले विगतमा माओवादी लगायतका दलहरुसँगको एकता तोड्नु गल्ती भएको भन्दै आगामी निर्वाचनमा बाम दलहरुसँग नै मिलेर जान नेतृत्वलाई सुझाव दिएको थियो । केन्द्रीय सदस्यहरुको सुझावकै आधारमा एमाले सचिवालय बैठकले बाम दलसँगै सहकार्य र तालमेल गर्ने निर्णय गरेको हो ।

बाम दलहरुसँग नै तालमेल र सहकार्य गर्नका लागि अधिकतम पहल गर्ने बैठकले निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचिको नाम बुझाउने समय नजिकिएकाले त्यसबारे निर्णय गर्न भन्दै बालकोट बैठक बसेको थियो । तर त्यसबारेमा भने आगामी बैठकले मात्रै निर्णय गर्ने भएको छ ।

स्रोतकाअनुसार माओवादी केन्द्रसँग तालमेल गर्नेबारेमा शीर्ष तहमै नेताहरुबीच छलफल भइसकेको छ । दशैं अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनका लागि मात्रै कांग्रेससँग तालमेल भएको बताएका थिए । तर एमालेसँग नै तालमेल गर्ने बारेमा माओवादी केन्द्रले निर्णय गरिसकेको छैन । आगामी निर्वाचनमा संघीयता पक्षधर पार्टीसँग तालमेल हुने प्रचण्डले बताएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution