हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

दशैँमा लामाले लगाई दिएको रातोटिकाको फोटो भाइराल

याम्बु – नेपालमा जब जब हिन्दुहरुको महान चाड दशैँ पर्व आउँछ बिशेष गरी बौद्धधर्मालम्वी आदिवासी जनजातीहरुले यो पर्वमा काटमार र वली चढाउने प्रथालाई त्याग्न अनुरोध /आग्रहको साथ जोडतोड आवाज उठाउने गर्छन् | यसै गरी बौद्धधर्मावलम्बीहरु रातो टिका (अबिर/सिन्दुर)लगाउन हुन्न भन्ने मान्यता राख्ने गर्द्छन् |

यसपालिको दशैमा नेपाली कांगेसका युवा बिधार्थी नेता अन्जान लामाले दशैँमा स-परिवार विजय दशमीको दिन टिका ग्रहण गर्ने क्रममा लामा (लामाको भेषभुषा) ले टिका लगाई दिएको फोटो सामाजिक फेसबुकमा पोस्ट गरेका छन्  |

अहिले ती फोटोहरु लामा भएर रातोटिका लगाई दिनु गलत भएको भन्दै सामाजिक संजालमा भाइराल भएका छन् |

वहाँ “लामा: को हुन् र वहाँको छोटो परिचय दिनाको लागि अन्जान लामालाई सम्पर्क गर्दा वहाँले “यो हाम्रो आफ्नै परिवारको कुरा”भएको बताउनु भयो | साथै वहाँले लामा गुरु टिका लगाउन भनेर पुर्वयोजना अनुसार आउनु नभएको र बिरामीलाई भेट्न आउनु भएको बेला संजोगले स-परिवार टिका लगाउन तयारी अवस्थामा रहेको हुँदा अग्रज लामागुरुबाट टिका लगाएमा पुन्य र आशिर्वाद लाग्ने भन्दै सबैले लामागुरुलाई अनुरोध र आग्रह गर्नुभएपछि परिस्थिति र बाध्यतावश लामागुरुले टिका लगाई दिनु भएको हो | यसलाई अन्यथा नसोच्नु हुन सबैलाई अनुरोध गर्नु हुदै बौद्धमार्गी भएर लामागुरुलाई नानाथरि गालीगलौज गर्नु राम्रो नभएको बताउनु भयो |

फोटोमा आएको केहि कमेन्टहरु
***
पढी गुनि ज्ञानि हुनु बन्नु भन्थे उबेला मेरो माम बजुले यि लामा पनि सार्है ज्ञानि भयचन रातो जामामा रातो टिका काना जमरा ..थेला आखे जिन्झी प्लुत्त – शरिन ख्युङबा तामाङ
***
जिन्दगीमा पहिलो पटक आज देख्यो कँहा को लामा होला यो ! – साङमोु थोकर तामाङ
***
लामाले त रातो टीका लाउन र लगाउन नहुने हो तर यो लामा चाहि पाङ्दुरे लामा,कान्छिम लामा परेछ।बुद्ध धर्म मान्ने लामाले पनि रातो टीका लाउन र लगाउन मिल्छ वाईयात लामा । – दिपेश लामा तामाङ
***
हैट लामाको छ्योइमा पनि रातो टीका र जमारा छ कि क्या हो ? – Aita Bahadur Fyuba Tamang
***
हैन यस्तो लामा कुन ठाउँको हो ? – Priyatan Tamang
***
पैसा कमाउँने लामा होला भाई किन भने गलत नमुना देखाई राख्नु भएको छ लामा गुरूले किन भने भगवान बुध्दको नजरमा रातोको मतलब कुनै प्राणिको रगत हो भनेर भन्नु भाको छ तर भिक्षुले नै शिलको पालन गरेन भक्तजनले कसरी गर्छ त।जुन धर्मको मार्गा ददेखाउँने मान्छे नै गलत छ । – Tamang Gyaba Sherbahadur
***
lama nu jinji bombo nu jinji tamba nu jinji darem jamman jinji – Rosy Moktan Tamang
***
बुध्द धर्मलाई गलत प्रचार प्रसारको कारणले नै धेरै पछी परेका छौं। मेरो प्रस्न लामा गुरूलाई के रातो टीका लगाउँनु हुँन्छ बुध्दको भक्तहरूले ? – Tamang Gyaba Sherbahadur
***
यो कुन ठाउ तिरको होला न यत न उतको जस्ले धर्मको अर्थ नै थाह छैन । – Anchal Huinchen Rana Magar

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution