अमेरिकी राजदूत टेपलीजले लगाइन् दशैं टीका

काठमाडौं,१४ असोज– नेपालस्थित अमेरिकी राजदूत एलाइना बी.टेपलीजले नेपाली परम्परा अनुसार दशैं टीका लगाएकी छिन् ।
शनिवार दूतावासमा आयोजित कार्यक्रममा उनले दशैं टीका र जमरा लगाएकी हुन् । टीका ग्रहण गर्दै उनले नेपाली परिवारसँग भेटेर टीका लाउन पाउँदा निकै खुशी लागेको बताइन् । यस अवसरमा दशैंको शुभकामना समेत दिइन् ।