दशै नितान्त राजनैतिक पर्व हो – दल बहादुर भिरकत्ता मगर

दसै बारे विभिन्न दृष्टिकोण हुन सक्छ।मेरो विचारमा यो नितान्त राजनैतिक पर्व हो।मानवको उत्पत्ति सगै उस्को अस्तित्व जोडिएको हुुन्छ।आफ्नो अस्तित्व जोगाउदै अरुको अस्तित्व नामेत पार्न प्रत्येक्ष परोक्षरुपले विभिन्न हथकदीहरु प्रयोग गरिरहेको हुन्छ र यो प्रक्रिया निरन्तर चलिरहेको हुन्छ,चली रहन्छ।
दसैं पनि एउटा महत्वपुर्ण भाग हो। जस्को पुष्ठि यस्मा आधारित कथावस्तुले गर्दछ।शुम्भ निशुम्भ होस वा महिसासुर होस।आखिर यी दुवै दुर्गा भन्दा फरक वर्ग जाती र सम्प्रदायका हुन।यी दुवैको लक्ष्य आफनो वर्चस्व कायम गर्नु हो।दुर्गा यो लडाइँ मा प्रयोग भकी महिला हुन्।असली पात्रअरुनै छन्।राजनिती स्वार्थ प्राप्तिका लागि सबै कुरा जायज हुन्छ।
त्यसैले दसैं रहरले खुशिले मनाएको पर्व होइन।यो त राज्यको निर्मम दमनको कारणले मान्न बाध्य पारिएको पर्व हो।दसैं पर्व मनाउन लामो विदा दिनु,कर्मचारीलाई बोनस दिनु,दसैंको दिन प्रत्येक घरमा मारकात गर्नु,घर रङरोगन गर्नु सिगार्नु,बाटो घातो बनाउनु, मारकात गरेको जनावरको रगतमा हातको पन्जा चोबेर घरको धोकाको दायाँ बायाँ भित्तामा छाप लगाउनु आदि।यी सबै क्रियाकलाप आज परम्परा हुन गए पनि हिज बलजफ्ति लादिएको थियो।
अहिलेको यो लोक तान्त्रिक शासन व्यवस्थामा पनि नेपालका बहुसंख्यक नेपाली हरु अझै राजनैतिक अधिकारबाट बन्चित छन् ।जन प्रतिनिधिबाट निर्माण गरिएको भनिएको नेपालको सम्विधान २०७२ ले पनि यहाका आदिवासीको हक अधिकार सुनिश्चित गरेन।आदिवासीको भाशा,भेष भुशा,संस्कृति ले राष्ट्रिय मान्यता पाएको छैन।राज्यको हरेक निकायमा एकल जातीय बहुमत कायम छ।राज्य बहुजातीय हुन सकेको छैन।यी सबै कुरा एक अर्काले अस्तित्व अस्विकार गर्नुको कारण हुन्।नेपालको एन नियम जे बने पनि कार्यन्वयन हिन्दु शास्त्रको स्मृति मनु स्मृतिलाइ मध्य नजर राखेर गरिने हुदा दसै पर्व गैर हिन्दुले मनाउनु हिन्दुहरुलाइ अझ बलियो बनाउनु हो।
– दल बहादुर भिरकत्ता मगर ,केन्द्रीय सदस्य राष्ट्रिय जनमुक्ति पार्टी