अन्तिम पटकको अमेरिकी डिभी, कहिले र कसरी भर्ने ?

अमेरीकी बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प जो आप्रवासीको निम्ती कडा रुपमा प्रस्तुत भएसँगै अन्यौलमा रहेको अमेरिकी डिभी चिट्टा एक पटक पूनः खुल्ने भएको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने निर्णय गरेको छ । अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट आवेदन गर्न सकिनेछ ।
यसवर्ष डिभीका नियममा खासै परिवर्तन गरिएको नभएपनि अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्म रहेको यस वर्षको आवेदन समयमा नै भर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो जसअनुसार अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्म रहेको छ ।
दूतावासका अनुसार, डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ । डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ ।