इजरायलमा दशैँ लगायत सबै पर्वहरुको एकमुस्ट शुभकामना आदानप्रदान कार्यक्रम हुने

तेलअविव – प्रवासभुमि इजरायलमा गठन भएका राजनीतिक दलहरुको भात्री संगठनहरु द्वारा सयुक्त रुपमा दशैँ लगायत सबै पर्वहरुको पावन अवसरमा एकमुस्ट शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गर्ने भएको छ | उक्त कार्यक्रममा सहभागी हुन इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दै सूचना जारी गरेको छ |
सयुक्त रुपमा जारी सूचना
सूचना ! सूचना !! सूचना !!!
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
सर्वप्रथम नेपालीको महान चार्डपर्व बडादशै २०७४ को शुभ उपलक्ष्यमा आदरणीय न्याय प्रेमी इजरायलवासी आम श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु,विभिन् धार्मिक तथा सामाजिक संघ,संस्थाका अगुवाई नेतृत्व ज्युहरु, समाज सेवी,बुद्धीजीवि वर्गहरु,सम्पूर्ण अनलाईन मेडियाका संचार कर्मी बन्धुहरु लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख,शान्ति,सम्बृद्धि र उत्तर-उत्तर,उन्नति र प्रगतिका लागि हामी सम्पूर्ण प्रवास राजनीतिक संगठनहरुको तर्फ बाट संयुक्तरुपमा हार्दिक मंगलमय शुभकामना सहित नमस्ते,न्यानो अभिवादन व्यक्त गर्दछौ |
इजरायलमा स्थापित राजनीतिक संगठनहरुको संयुक्त आयोजनमा इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु माझ राजनीतिक भातृत्व,सामाजिक सदभाव र धार्मिक सहिष्णुतालाई अझ प्रगाड बनाउनको लागी हामी सम्पूर्ण नेपालीका राष्ट्रिय चार्ड पर्वहरु बडादशैं,तिहार,नेपाल सम्बत्,छठपर्व,म्होंपूजा,चासोक ताङनाम,उद्यौलीपर्व,म्हेंनिङ्ग को पावनअवसरमा “भेटघाट,शुभकामना आर्दन-प्रदान तथा जलपान कार्यक्रम २०७४” आयोजना गरिएको हुदा उक्त एतिहासिक कार्यक्रममा इजरायलवासी सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनीहरु,दाजुभाईहरु,विद्यार्थी भाईबहिनिहरु, सामाजिक तथा धार्मिक संघ,संस्थाका नेतृत्ववर्गहरु,बुद्धिजीबी,समाजसेवीहरु,स्वतन्त्र अनलाईन मेडीयाका संचार कर्मी बन्धुहरुमा यसै सूचनालाई अधिकारिक ठानी गरिमामय उपस्थिती भई दिनुहुन विनम्रतापुर्वक हार्दिक निमन्त्रणा गर्दछौ |
यसै गरि आउदो दिनहरुमा पनि ल्होछार,ल्होसार,माघेसंक्रान्ति र तिज लगायत अन्य सबै जातजातिका उक्त तिथि मितिमा पर्न आउने राष्ट्रिय चार्डपर्वहरुलाई भेटघाट,शुभकामना आर्दन-प्रदान तथा जलपान/चियापानको कार्यक्रमहरु संयुक्तरुपमा संगठनहरुले आयोजना गरिने जानकारी गर्दछौ|
हाम्रो देश एतिहासिक काल देखि नै बहुजातीय,बहुधार्मिक,बहुभाषिक एवंम बहुसांस्कृतिक देश भएकोले नेपाल देशका भूगोल पुर्व,पश्चिम देखि मेचि महाकाली तराई,पहाड र हिमालमा बसोबास गर्दै आउनु भएका आम नेपालीहरुको आ-आफ्नै धर्म,भाषा,संस्कार र संस्कृति अन्तर्गत आ-आफ्नै मौलिक राष्ट्रिय चार्डपर्वहरु छन्|यो राष्ट्रिय विविधतामा एकता नै वास्तविक नेपाल र नेपाली भएकोले हामी प्रवासमा रहेका नेपालीहरु एक ठाउँमा भेला भई सुख,दु:ख एक आपसमा साटासाट गरि हामी नेपालीको मौलिक संस्कार संस्कृतिमा रमनको लागी एकताको सन्देश सहित सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्दछौ |
कार्यक्रम तालिका :
मिति :-२० अक्टुवर २०१७ शुक्रबार |
समय :-४:०० बजे |
स्थान:- तेलअविव,लेवेन्सकी पार्क |
आयोजक संगठनहरु:
१,नेपाली जनसम्पर्क समिति इजरायल (नेका)
२,प्रवासी नेपाली मंच इजरायल (एमाले)
३,नेपाली सङ्घीय समाज,इजरायल(ससफो,नेपाल)
४,प्रवासी एकता समाज,इजरायल (राप्रपा,नेपाल)
५,अन्तरास्ट्रिय नेपाली समाज,इजरायल(नयाँशक्ति)
६,सङघीय लिम्बुवान सामाजिक मंच,इजरायल(सलोरा,मंच)