पोखरामा पहिलो नेपाल आइडल बिजेता बुद्ध लामालाई भव्य स्वागत

-दिपक वाइबा तामाङ
असोज १२ , पोखरा – एपी टेलिभिजनद्वारा संचालित प्रथम नेपाल आइडलका विजेता बुद्ध लामालाई पोखरामा भव्य स्वागत गरेको छ । मानव अधिकार चोकबाट वृहत र्याली सहित नगर परिक्रमा गरि पुन मानव अधिकार चोकमा भेला भएको थियो ।
नेपाल आइडल बनाउन अभियान सन्चालन गरि भोटिङ गर्नुहुने सम्पूर्ण पोखरेली प्रसंशकहरुलाई धन्यवाद टक्राएका थिए । छोटो मन्तव्यको क्रममा बु्द्ध लामाले आँफुलाई नेपाल आइडलका विजेता बनाउन देशविदेशबाट सहयोग गर्नुहुने सबैमा अभार व्यक्त गरेका थिए । सो अवसरमा बु्द्ध लामाले ‘ उ जितेर गई… । ‘ गीत गाउदा दर्शकदिर्घाबाट तालीको गड्गडाहट र हुटिङ भएको थियो ।