हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

छोरा–बुहारी अमेरिका/अस्ट्रेलियामा दशैंको बेला आमाबुबा बृद्धाश्रममा !

काठमाडौँ, १२ असोज-यति बेला नेपालीको घर–घरमा बडा दशैँको रौनक छाएको छ । बूढापाका आफन्तजनको हातबाट टीका थाप्न प्रदेशबाट स्वदेश र शहरबाट गाउँ पस्नेको लर्को लागिरहेको छ । तर सामाजिक कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति वृद्धाश्रम)मा बस्दै आउनुभएकी ७५ वर्षीया जानुका अगस्तीलाई भने दशैँ नआए हुन्थ्यो जस्तो लाग्छ ।

“दुई भाइ छोरा थिए, जेठो १० वर्षको उमेरमा बित्यो, कान्छो दुई वर्षको हुँदा बित्यो, त्यसपछि लगत्तै श्रीमान् पनि बित्नुभयो, अहिले यहाँ वृद्धाश्रममा आएर बस्नुपरेको छ, आफ्नो भन्ने कोही नभएर होला तीज, दशैँ, तिहार यी चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्छ, नरमाइलो लाग्छ”, अगस्तीले भक्कानिँदै भन्नुभयो ।

नुवाकोट त्रिशूली घर बताउने अगस्तीले दुई भाइ छोरा र श्रीमान्को मृत्युपश्चात् सौतेनी ज्वाइँले पाल्छु भनेर भएको सबै सम्पत्ति आफ्नो नाममा गराए, पछि वास्तै नगरेका कारण पाँच वर्षदेखि वृद्धाश्रममा बस्दै आएको दुखेसो उहाँले पोख्नुभयो ।

अगस्तीले विगत सम्झँदै भन्नुभयो, “ दशैँमा सबै परिवार घरमै हुन्थ्यौँ, पिङ खेलिन्थ्यो, सबैको बूढो घर भनेसी सबै टीका लाउन आउँथे, रमाइलो लाउँथियो, अहिले ती दिन सम्झँदा पनि भक्कानो छुटेर आउँछ, अहिले यहाँ रल्लटुल्ल भएर बसेकी छु, आफ्नो भन्ने कोही छैन, कतिबेला देलान र खाउला भनेर बस्नुपर्छ ।”

अठार वर्षदेखि सोही वृद्धाश्रममा बस्दै आउनुभएकी ८८ वर्षीया सावित्रा कार्कीलाई पनि आफ्न्त कोही नभएपछि दशैँ आउँदा रमाइलो लाग्दैन । “छोरा÷छोरी, बुहारी, नाति÷नातिना आफन्त सबैसँगै भए पो दशैँ पर्व पनि आएजस्तो हुन्छ, आफ्नो त आफन्त भनेको पनि कोही छैन, कोही मरिसके, कसैको पत्तो छैन, म एक्लै भएर यहाँ वृद्धाश्रममा आएर बसेकी छु, भित्रभित्रै नरमाइलो लाग्छ”, कार्कीले भन्नुभयो ।

जानुका र साबित्रा जस्तै पशुपति वृद्धाश्रममा बस्दै आउनुभएका र कोही पनि आफ्न्त नहुने वृद्धवृद्धालाई दशैँ आउँदै गर्दा पक्कै पनि रमाइलो लाग्दैन । पशुपति वृद्धाश्रम कार्यालय प्रमुख मनोजकुमार बस्नेतका अनुसार वृद्धाश्रममा अहिले १९० जना वृद्धवृद्धा बस्दै आएका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार उपत्यकाभित्र निजी र सरकारी गरी करिब १० वटा वृद्धाश्रम छन् । देशैभरि करिब ७७ वटा वृद्धाश्रम सञ्चालनमा छन ।

विगतका वर्षमा जस्तै यस पटकको दशैँमा पनि पशुपति वृद्धाश्रमका कार्यालय प्रमुखले वृद्धवृद्धालाई र वृद्धवृद्धाले कार्यालय प्रमुखलाई टीका लगाएर दशैँ मनाउने कार्यक्रम छ । दशैँको अवसरमा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई विभिन्न सङ्घसंस्था र व्यक्तिले लत्ताकपडा, फलफूल लगायतका सामग्री वितरण गरेका छन् । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा करिब २२ लाख रहेको छ ।

वृद्धाश्रममा बस्ने वृद्धवृद्धामध्ये धेरैजना आफन्त नभएका, छोरा–बुहारीले वृद्धाश्रममा ल्याएर राखेका, छोरा–बुहारी अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका मुलुकमा डाक्टर, इन्जिनियर भएर बसेका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहनुभएका व्यक्तिका आमाबुबालगायत हुनुहुन्छ ।

बुबाआमा जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बुबाआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था हुनुपर्ने पशुपति वृद्धाश्रमका वृद्धवृद्धाको माग छ । वृद्धभत्ता बढाउनुपर्ने, ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले विसं २०६७ चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्ने, सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै विगत पाँच वर्षदेखि नयाँ वानेश्वरस्थित संविधान सभा भवननजिकै ज्येष्ठ नागरिकले धर्ना दिँदै आएका छन् ।

सरकारले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरे पनि पशुपति वृद्धाश्रमका वृद्धवृद्धाले अहिलेसम्म नपाएको गुनासो गर्दै आएका छन । नेपालको संविधानमा ज्येष्ठ नागरिकको हक सम्बन्धमा ‘ज्येष्ठ नागरिकलाई कानूनबमोजिम राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’, भनी उल्लेख गरिएको छ ।@ रासस

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution