हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

बैंकक। थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहनुभएको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गर्नुभएको हो ।
उहाँले बिहीबार थाई विदेशमन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गर्नुभएको हो ।

उहाँले भन्नुभयो– हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारीअनुसार उहाँ हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बस्नुभएको छ ।

उहाँलाई यसअघि नै थाइल्याण्डको सर्वाेच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर उहाँ अदालतमा हाजिर नभई दुबई भागेको बताइएको थियो ।
उहाँ अदालतमा हाजिर हुन नमानेपछि गत महिना पुनः थाई सर्वाेच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको अवज्ञा गरेर उहाँ गत महिना देश छोडेर भाग्नुभएको समाचार आएको थियो ।

गत महिना देश छोडेकी उहाँ हाल दुबईमा रहेको जानकारी गराइएको हो । यो समाचार बिहीबार पहिलो पटक थाई प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले बुधबार मात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।

चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो ।

यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ ।

उहाँ सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो ।

तर उहाँको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उहाँलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो । @ news24nepal






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution