दशैँ पर्व सबैको साझा पर्व हो कि हिन्दुहरुको मात्रा ?

दसैंको विषयमा चर्चा गर्नुपर्दा नेपालको मध्यकालीन इतिहास देखि राजनितीक घटनाक्रमहरुको चर्चा गर्नुपर्दा श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा अगाडि नेपालको विभिन्न क्षेहरुमा स-साना राज्यका रूपमा रहेका अर्थात बाइसे चौबीसै राज्यहरु थिए। वि.स. १७९९ मा जब श्री पृथ्वीनारायणशाह राजगद्धिको हकदार भए त्यसपछि ती बाइसे चौबिसे राज्यहरुलाई एकीकरण गर्ने उनको सङ्कल्प पनि पुर्ण रूपमा सफल भयो त्यसपछि १०४ वर्षसम्म राणाकालिन हैकमवादि शासन चलायो |
ती मध्येका राष्ट्रिय रूपमा मनाइने दसैं पर्वबारे यहाँ प्रस्तुत गरिएको छु। हिन्दु पुस्तक रामायण बर्णन गरिएको कथा सारङ्सामा आधारित घटना विवरण क्रम संग दशैँ मान्ने परम्पराको थालनी भएको भनिन्छ | यथार्थमा यसको थालनी कहाँ को बाट कहिले भएको भन्ने कुनै प्रमाणित आधार कतै भेटिएको छैन। कथाअनुसार क्षेत्रि राजा दशरथ पुत्र रामश्रीले लङ्कापति राक्षश रावणलाई युद्धद्वारा हराएको कथासङ्ग जोडिएको देखिन्छ । विगतको १०४ वर्ष सम्मको जहाँनिय राणाशासन कालमा दशैँ नमान्नेहरु सार्वजनिक स्थलमा उभिएर फाँसी वा आजिबन काराबासको कठोर सजायका भागी हुन्थ्यो। दशैँ मानेका प्रमाण देखाउनका लागि फुलपातीका दिनदेखि नवमीका दिनसम्मा कुखुरा, खसी,बोका,र राँगाको मार हानी आ-आफ्नो घरको मुल ढोकाको दायाँबायाँ भित्तामा पाँच/पाँच (५/५) औलाका रगतको छाप अनिवार्य रूपमा लगाउन बाध्य गराइन्थ्यो भन्ने आदिवासी जनजातिहरुका विशेषगरी तामाङहरुको श्रद्रय अग्रज पुर्खाहरुको भनाइ रहेकोे पाइन्छ। वर्तमान अवस्थाकै कुरा गर्ने हो भने पनि जब दशैँ आउंछ अनि रेडियो नेपाल र नेपाल टेलिभिजन द्वारा हिन्दुहरुको मात्र महान पर्व बडा दशैँ हो भनेर प्रसारण गरी एक हप्तासम्म राष्ट्रिय बिदाको घोषणा गरिन्छ। यदिदशैँ राष्ट्रिय रुपकै चाड पर्व र संस्कृति हो भने हिन्दुहरुको मात्र हो किन भन्नू पर्यो त ? दशैँ पर्व आयो हिन्दुहरुको मात्र,तिहारआयो हिन्दुको मात्र र तीज त्यसतै | यहि हो सबै जातको साझा फुलबारि ? जातीय अहंकारकै आधारमा हिन्दुवादिहरुमा किन यस्तो असहिष्णुता ? नेपाल एउटा बहु साँस्कृतिक,बहुधार्मिक,बहुजातीय मुलुक हो भन्ने कुरा तपाई हामी सर्वविदितै छ। यसको अर्थ नेपालमा हिन्दुहरु मात्र बस्दैनन् भन्ने कुरा स्प्रस्ट हुनु हो। अर्कोतिर माथी भनिए झै क्षेत्रि राजा दशरथपुत्र राम पक्षले लंकापति राक्षश रावण र उनका सेनापति महिसासुरलाई उनको शक्तिबाट हराएपछि तिनै खुशीयालिमा दशैँ पर्व मान्न सुरु गरिएको हो भन्ने कहावत पनि छ। दशैँको पर्वमा खुडाले राँगाको मार हान्ने र अहिलेको आदिवासी साथै तामाङ जनजातिहरु चाँही ति नै लङ्कपति रावण तथा राँगाको रुपमा ढालेर रगत दुर्गालाई चढाइने र राँगारूपी महिसासुरका साखा सन्तान हुन् भनि भनिन्छ।
तर पनि दु:खदको कुरा तामाङहरु चाहिँ उसैको चाडपर्व मनाउछौ,के यो राम्रो हो त ? तिनै कारणले गर्दा राई, लिम्बू, मगर, गुरुङ, थकाली,थारु,धिमाल,राजवङ्सि, आदि अर्थात यहाँका आदिवासी जनजाति प्राय: सबैले हिन्दू धर्मको मात्र बडा दशैँ भनिदिएपछि आफुलाई अलग र दशैँ पर्वलाई परित्याग गर्दै लागिसकेका छन्। के तामाङहरु चाहि दशैँ हाम्रो चाड पर्व भनेर हिन्दुहरुको चाड पर्व संस्कृतिलाई अङगाल्नु राम्रो हो त ?
तामाङ बिशुद्द रुपमा बौद्ध मार्गि हुन् यसमा कुनै दुईमत छैन। तामाङ बौद्धमार्गी भएकोले हिन्दुधर्मको चाड पर्व संस्कृतिलाई अङ्गाल्नु राम्रो हुदैन। यसले आफ्नो पहिचानलाई नै गुमाउनेछ। पहिचान नै छैन भने राष्ट्रिय चिनारी दिन सक्दैन राष्ट्रिय चिनारी नभएपछि तामाङ अथवा अन्य आदिवासी जनजातिको अस्तित्व रहदैन। त्यसैले हामी तामाङ अथवा अन्य जनजातिहरु यो कुरालाई गंभिरतापुर्वक सोच्नु पर्ने दिन आएकोछ। अहिले नसोचे भावी तामाङ अथवा अन्य जातीहरुको आस्तित्व नाश भएर जानेछ यसमा दुईमत छैन। यसरी राज्यको तर्फबाट अति उच्चस्तरमा आवश्यकता औपचारिकता पुरा गर्ने भन्दा पनि बढी नै प्राथमिकता दिएर मनाउने दशैँ पर्व नितान्त साम्प्रदायिक बखानसङग सम्बन्धित शक्ति देबि दुर्गा र रावण पक्षका सेनापति महिसासुर राक्षेश आदि सङ्गको (९) दिन सम्मको रक्तरन्जित लडाई र दशौ दिनको (विजय दिवस)विजय टिकाको मुल गाथालाई गर्विलो स्तरमा मनाउन नै राज्यले अस्वाभिक रूपमा लिएको मुख्य अहम् हो।
अर्कोतिर यो दशैँ र हिन्दुधर्मको नाममा आफ्नो इच्छा चाहना पुर्याउन वा पुगेको खुशीयालिमा मन्दिरमा लगेर ती निरीह पशु पन्क्षिहरुलाई जसरी रेट्छौ, मार्छौ त्यसले प्राणीहरु मध्येका उच्च श्रेणीमा रहेका मानिसलाई कति निच श्रेणीमा पुर्याउछ त्यो त कसैले सोचेका छैनौं ? बोल्न नसक्ने मुक पशुपन्छिहरुलाई भगवानको मुर्तिअगाडि काटेर कसरी मानिसलाई धर्म हुन्छ होला ? मानिस भित्र पनि उहीँ भगवान ति निरीह पशु पन्छी भित्र पनि उहीँ भगवान छन् भने कस्ले मानिसलाई उनीहरुको बध गर्ने अधिकार दियो ? के यहि हो त धर्मले सिकाएको ज्ञान ? धर्मले त सबै प्राणीहरु प्रति करुणा, सदभाव र शान्तिपूर्ण सहअस्तित्वको मार्ग देखाएको हुन्छ। के धर्मग्रन्थहरुले यसैगरी भगवानको पुजा गर्न भनी मानिसलाई प्रोत्साहन गरेका छन ? सर्वप्रथम मानव भएर शृस्टिको एउटा उच्च श्रेणिको जीव भएको नाताले मानिसले बुझ्नु जरुरी छ। बली के हो ? के आफू भन्दा कम्जोर र निरीह अनि बोल्न नसक्ने पशु पन्छिलाई भगवानको अगाडि लगेर काट्नु बलि हो ? आफ्नो शरणमा भएका र आफू भन्द निर्धको बध गर्नु कुनै पुरुषर्था होईन। मानिसलाई सदा सर्वदा दुःख र चिन्तामा पारिरहने पाश्विक नराम्रो कर्म पाँच वटा जसलाई लोप, मोह, अहम्कर, तृष्णा, र क्रोध नामले चिनिन्छ यस्ता खालका पन्चबिक पाँच बिकलाई त्याग्नु वली हो | होइन भने खाने बहाना मात्र हो।यदि यस्तो कट्मार भोक दिनु धर्म हो भने पाप चाहि कस्तो होला ? सबैले सोचौ |
जब बडा दशैँ आउछ लाखौं प्राणिहरुको हरेक घरदैलोमा हत्या गरिन्छ यही हो नेपालको महान चाड? त्यसैले हत्या हिंसाले त हत्या हिंसानै जन्माउछ, धर्मको नाममा हत्या हिंसा नगरौ।
अन्तमा, नेपाल एउटा बहुभाषिक, बहुजातीय र बहुधार्मिक देश हो। त्यसभित्र बसोबास गर्ने एक तामाङ जाति पनि पर्छ। तामाङ जातिहरु वङशाणु परम्परागत इतिहासलाई फर्केर अवलोकन गर्ने हो भने विशुद्ध रुपले बौद्ध मार्गी हुन् । तर पनि यो देशको विभिन्न राजनीतिक अस्थिरता निरङ्कुस शासनले गर्दा तामाङहरुको आफनो धर्म, संस्कृति पहिचानलाई नामेट गरेको छ। त्यस्ले गर्दा अहिले तामाङहरुमा धार्मिक,सास्कृतिक,आध्यात्मिक, शैक्षिक,राज्नितिक, सामाजिक,आर्थिक,रूपमा अलि कमजोरी भएका छौ । त्यसैले मेरो आग्रह आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानलाई अगाल्नु र आफनो अस्तित्वलाइ बचाएर राष्ट्रिय चिनारी दिन अनुरोध गर्दछु।
लेखक – आचार्य सर्बजीत गोङ्वा तामाङ