हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

जापानमा बुद्धको विशाल मूर्ति कुँद्दै नेपाली कलाकार

उनको पुख्र्यौली पेसा मूर्तिकला हो । सानैमा मूर्तिकला सिके । आफूले सिकेको कला यतिबेला उनी जापानमा उपयोग गरिरहेका छन् । ३४ वर्षीय रामचन्द्र पण्डितले त्यहाँ विश्वकै ठूलो हुने भनेर दाबी गरिएको ६० फिट अग्लो बुद्ध मूर्ति कुँदिरहेका छन् ।

गाउँघरमा रहँदा पनि देवीदेवताका मूर्ति बनाएर बिक्री गरी गुजारा गर्नु रामचन्द्रको दैनिकी थियो । व्यावसायिक रूपमै उदयपुर सदरमुकाम गाईघाट बजारमा मूर्ति बनाउँदै आएका त्रियुगा नगरपालिका ६ जलजलेका पण्डित अहिंसावादी दर्शनबाट प्रभावित छन् ।

‘मूर्तिमा जीवन हुनुपर्छ,’ उनले भने ।

उनलाई गतवर्ष जापान गएर बुद्धको विशाल मूर्ति बनाउने प्रस्ताव आयो । ‘आफ्नो देशको नाम रहने अनि कला पनि खारिने भएकाले जाने निर्णय गरेको हुँ,’ उनले भने ।

हाल उनकै नेतृत्वमा केही सहयोगी कलाकारका साथ जापानको कुमामोतोमा बुद्धको ढुंगेमूर्ति धमाधम निर्माण भइरहेको छ । त्यहाँको एउटा ढुंगे पहरोमा ६० फिटको बुद्ध मूर्तिसहित अन्य ४० फिट र ३० फिटका ६ वटा मूर्तिहरू उनीसहित चार नेपाली मूर्तिकारहरूले कुँदिरहेका छन् । मूर्ति बनाइसक्न पाँच वर्ष लाग्ने उनले बताए ।

बुवा टुनाई र आमा दुर्गादेवी पण्डितका जेठो छोराका रूपमा २०४० फागुन ७ गते रामचन्द्रको जन्म भएको हो । पुख्र्यौली पेसा पनि मूर्तिकला नै भएकाले रामचन्द्रले सानै उमेरदेखि नै मूर्तिकलामा रुचि राख्थे ।

आमाबाबु ३ दाजुभाइ र ५ दिदीबहिनीसहितको उनको परिवारको पुख्र्यौली पेसा भने माटाका भाँडावर्तन र परम्परागत देवीदेवताका माटाका मूर्तिहरू निर्माण गर्नु हो । न्यून आर्थिक अवस्था भएको उनको आमाबाबुको दैनिकी माटाका भाँडावर्तनबाहेक विभिन्न चाडपर्व र पूजा अवसरमा माटाका मूर्तिहरू बनाएर परिवार धान्ने गर्थे । सप्तरीको घरजग्गा महेन्द्र राजमार्गले उठाएपछि उनको परिवार उदयपुरमा बसाइँ सर्‍यो । उदयपुर आउँदा रामचन्द्र चार वर्षका थिए ।

‘सानै उमेरदेखि हामीले माटाका भाँडावर्तन र देवीदेवताका मूर्तिहरू नियालेर हेरिरहन्थ्यो,’ बुवा टुनाईले भने, ‘मूर्तिकलामा उसको विशेष रुचि थियो, हामीलाई सघाउँथ्यो ।’

उदयपुर बसाइँ सरेपछि जनता मावि, देउरीमा अध्ययन सुरु गरेका रामचन्द्रले पुस्तकभन्दा पनि धेरै रुचि र समय सिर्जनामा लगाउन थालेको उनका शिक्षकहरूले बताए । ‘उनको कलाप्रतिको लगाव धेरै थियो,’ प्रधानाध्यापक वासुदेव चौधरीले भने, ‘उनीभित्र मूर्तिकलाप्रतिको गहिरो रुचि पैदा भइसकेको थियो ।’

‘आफनो परिवारले बनाएका माटाका मूर्तिहरूलाई धुमधाम पूजा भइसकेपछि खोलामा सेलाएको देख्दा मन खिन्न भएर आउँथ्यो,’ रामचन्द्रले भने, ‘लामो समयसम्म टिकिरहने मूर्ति बनाउने अठोट गर्न थाल्थेँ ।’

जिल्लास्तरीय हस्तकला प्रतियोगितामा प्रथम हुने गरेका उनले मूर्तिकलाको थप ज्ञान हासिल गर्न काठमाडौं र भारतका दिल्ली, कोलकाता, सिलिगुडीसम्म पुगेर प्रशिक्षण लिए । यतै हुँदा उदयपुर सेरामिक्स नामक लघु उद्योग सञ्चालन गरी त्यसैमार्फत माटाका भाँडावर्तन, ढुंगा, ढलोट सिमेंट र फाइबरका मूर्तिहरू बनाए । सुरुमा माटो र ढुंगाको मात्र बनाएका उनी अचेल सिमेन्ट, फाइबर र ढलोटका मूर्ति पनि बनाउँछन् ।

उनले काठमाडौंको बीपी संग्राहलयका लागि बीपी कोइराला र गणेशमान सिंहको पूर्ण कदका सालिक बनाएका छन् । यसैगरी, भुटानी राजाका सालिक बनाएर भुटानसम्म आफ्नो कलाको परिचय दिएका छन् ।@ekantipur






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution