हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

अष्ट्रेलियाको संसद भवनबाट नेपालीलाई टिका थाप्न निमन्त्रणा

नेपालीहरुको पर्व वडादशैं यसबर्ष अष्ट्रेलियास्थित संसदन भवनमा मनाइने भएको छ । नेपालीहरुको मुख्य पर्व दशैं मनाउनका लागि अष्ट्रेलियास्थित संसद भवनबाट नेपालीहरुलाई निमन्त्रणा पठाइएको छ ।

नेपालीहरुको जनसंख्या बढेसँगै नेपालीहरुले आफ्नो अलग स्थान बनाउँदै गएका छन् । यसवर्ष भने दक्षिण अष्ट्रेलियाको संसद भवनमा नै नेपालीहरुले दशैंको टीका लगाउने अवसर पाउने भएका हुन् ।

लेजिस्लेटिभ काउन्सिलका अध्यक्ष डाना वाट्लीले यहाँ रहेका नेपालीहरुलाई दशैं मनाउनका लागि सार्वजनिक निमन्त्रणा गरेका हुन् । उनले नेपालीहरुको महान पर्व दर्शैंको टीका संसद भवनमा आयोजना गरिएको कार्यक्रममा थाप्न नेपालीहरुलाई आग्रह गरेका छन् ।

यो हाम्रो लागि महत्वपुर्ण अवसर मात्र नभएर नेपाली कला तथा संस्कृतीलाई विदेशमा विस्तार गर्ने सुमधुर अवसर समेत हो’, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले कान्तिपुरसँग भने । उनले नेपालीको जनसंख्या बढेसँगै यहाँका राजनीतिज्ञहरुले समेत नेपालीहरुलाई महत्व दिदै गएको उनले सुनाए । दक्षिण अष्ट्रेलियामा पहिलोपटक संसदीय समितीका अध्यक्षबाट नेपालीको पर्वका लागि निमन्त्रणा आएको पहिलोपटक भएको उनले सुनाए ।

दक्षिण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई यहाँका संसदीय समितीका अध्यक्ष डाना वाट्लीले नेपालीहरुलाई निमन्त्रणा पठाउँदै नेपालीहरुको महान पर्व वडादशैं मनाउन र उक्त पर्वको आशिर्वाद लिनका लागि आग्रह गरेका छन् ।

यहााका नेपालीहरु समेत अष्ट्रेलियाको संसद भवनमाबाट निमन्त्रणा आउनु गर्व र खुशीको कुरा भएको बताउँछन् । अन्तराष्ट्रिय कलाकार समाज (इनास) का महासचिव मिलन दहालले नेपालीहरुलाई यहाँको संसद भवनबाट यो किसिमको प्राथमिकता दिनु महत्वपुर्ण मात्र नभई गर्वको बिषय भएको सुनाए ।

नेपालीहरु सानो संख्यामा भएपनि यहाँका राजनीतीज्ञहरुले जुन प्राथमिकता दिएका छन् त्यसले नेपाली कला संस्कृती मात्र नभएर नेपालीहरुको अष्ट्रेलियामा योगदानको समेत उच्च कदर गरिएको उनले दाबी गरे ।@ekantipur






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution